लोक नृत्य प्रतियोगीतामा प्रकाश मावि प्रथम

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ९ मा रहेको गलेश्वर माविमा आयोजित अन्तरमावि स्तरीय लोक नृत्य प्रतियोगीतामा प्रकाश मावि बेनी प्रथम भएको छ ।

नयाँ पुस्ताको चाहना, कला संस्कृतिको जगेर्ना भन्ने मूल नाराका साथ घतान सेवा समाज दोहा कतारले शुक्रबार आयोजना गरेको प्रतियोगीतामा प्रथम स्थान हाँसिल गरि प्रकाश माविले नगद रु पच्चिस हजार पुरस्कार प्राप्त गरको छ ।

त्यस्तै प्रतियोगीतामा गलेश्वर मावि तोरीपानी द्वितिय, न्यू वोइष्ट पोइन्ट आवासीय मावि तृतिय र बेनी सामुदायिक माविले सान्त्वना स्थान हाँसिल गरेको निर्णायक संयोजक भूपेन बानीयाँले जानकारी दिनुभयो । उक्त बिद्यालयहरुलाई क्रमश विस हजार, पन्ध्र हजार र दश हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगीतामा जिल्लाका विभिन्न पन्ध्र माविहरुले सहभागीता जनाएका थिए । प्रतियोगीताको निर्णायक सदस्यहरुमा होम गुरुङ र हरि सुवेदी रहनुभएको थियो ।

बिद्यार्थीहरुमा लुकेर रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ जिल्लाका मावि बिद्यालयहरु सहभागीहुने गरि लोक नृत्य प्रतियोगीता संचालन गरिएको घतान सेवा समाज दोहा कतारका महासचिव रामकृष्ण शर्माले बताउनुभयो ।

अध्ययन संगै सांस्कृतिक कार्यक्रममा पनि बिद्यार्थीहरुको क्षमता अभिवृद्धि गराउनका लागि बिद्यालयको भूमिका हुने भन्दै महासचिव शर्माले गलेश्वर मावि संग सहकार्य गरि यो कार्यक्रम संचालन गरिएको बताउनुभयो ।

क्रिएटिभ मिडिया प्रोडक्सनबाट प्रतियोगीताको प्रत्यक्ष प्रसारण तथा भिडियो व्यवस्थापन गरिएको थियो । प्रतियोगीतामा स्थानीयहरुको भव्य उपस्थिति रहेको बिद्यालयले जनाएको छ ।

कार्यक्रम शिक्षा बिकास तथा समन्वय ईकाइ म्याग्दीका प्रमुख दल बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

You can share this post!

उद्योग व्यवसाय महासंघ बेनी नगरको अध्यक्षमा रिजाल

आगलागी पीडित परिवारलाई कपडा सहयोग

Related posts