बालगृहलाई सङ्गीतका सामग्री हस्तान्तरण

बेनीको कालरात्री व्याण्डले शनिबार नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहलाई सङगीतका सामग्री सहयोग प्रदान गरेको छ । बालगृहमा बसेर आवासीय सुविधासहित अध्ययन गर्दै आइरहेका बालबालिकाहरुलाई लक्षित गरी कालरात्री बाद्यबादनका सामग्री हस्तान्तरण गरेको हो ।

कालरात्री व्याण्डले अध्ययनका साथै बालबालिकालाई अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउने उद्देश्यका साथ बालगृहमा रहेका बालबालिकाहरुलाई गितार, मादल, किबोर्ड, बाँसुरी, खैंजडी लगायतका सङगीतका सामग्री प्रदान गरेको हो ।

उक्त सामग्री कालरात्री व्याण्डका अध्यक्ष सन्दीप श्रेष्ठसहित अन्य पदाधिकारीहरुले नेपाल बाल सङ्गठनका जिल्ला अध्यक्ष राजेश शाक्य र सचिव सन्दीप खत्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।

सामग्री ग्रहण गर्दै अध्यक्ष शाक्यले सामाजिक सेवा मानवीय धर्म भएको बताउनुभयो । उहाँले बालगृहमा रहेका बालबालिकाहरुको लागि सङ्गीतका सामग्री आवश्यक भएको भन्दै अध्ययनका साथै मनोरञ्जन क्षेत्रमा रमाउने र गायन तथा बाद्यबादन सिक्न चाहने बालबालिकाहरुलाई उक्त सामग्रीले सहयोग पुग्ने अपेक्षा गर्नुभयो ।

सङगीतका सामग्री हस्तान्तरण कार्यक्रमको अवसरमा कालरात्री व्याण्डले बालगृहका बालबालिकाहरुलाई खीर परिकारसहित बिहानको भोजनग्रहण समेत गराएको थियो । नयाँ पुस्तालाई सङ्गीत संग परिचित गराउनका लागि बालबालिहरुले प्रयोग गर्ने गरि सामग्री उपलब्ध गराईएको कालरात्री व्याण्डका अध्यक्ष श्रेष्ठले बताउनुभयो । कालरात्री जिल्लाको एकमात्र लोकप्रीय लाइभ व्याण्ड हो ।

कार्यक्रमको सञ्चालन कालरात्री व्याण्डका राजु खानले गर्नुभएको थियो । हाल म्याग्दी बालगृहमा ११ जना अभिभावक नभएका बालबालिकाहरुले अध्ययन गर्दै आइरहेका छन् ।

यसैबीच म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुलाई लक्षित गरेर दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु सहयोग भएको छ । म्याग्दीको बेनी नगरपालिका–७, सङ्गमचोक निवासी अर्पणा श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा बालगृहलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो । पछिल्लो समय जन्मदिन मनाउने प्रचलन फेरिँदै गएको छ भने विभिन्न संघसंस्था र बालबालिकालाई सहयोग गर्न थालिएको छ ।

जन्मदिनमा हुने फजुल खर्चलाई कटाएर आफूले सानो भए पनि बालबालिकालाई खाद्यान्न सहयोग गरेको सहयोगदाता श्रेष्ठले बताउनुभयो । उहाँले दाल, चामल, नुनतेल, पानी, दुधलगायत खाद्यान्नहरु नेपाल बाल सङ्गठन म्याग्दीका सचिव सन्दीप खत्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।

You can share this post!

सहकारी दिवसको अवसरमा नयाँ शेयर सदस्यलाई स्वागत

दिदीबहिनी सहकारीको मुठ्ठीदान सहयोग

Related posts