म्याग्दी । बेनीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन भएको छ । सामान्य अवस्था वा कोभिडः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी भन्ने मूल नाराका साथ बुधबार सामाजिक बिकास कार्यालय म्याग्दीको आयोजनामा सम्पन्न भएको बाल भेलाले म्याग्दी जिल्ला स्तरीय बाल सञ्जाल गठन गरेको हो ।
भेलाबाट अन्नपूर्ण गाउँपालिकाकी तानिया रन्तिजाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला बाल सञ्जाल गठन भएको छ । सञ्जालको उपाध्यक्षमा सुमन बिश्वकर्मा, सचिवमा बिक्की सुवेदी, कोषाध्यक्षमा जुना घर्ति मगर र सहसचिवमा प्रभा सुनार चयन हुनुभएको छ । सञ्जालको सदस्यहरुमा रमित रसाईली, प्रमिला रसाईली, सुस्मा परियार, अभिषेक पौडेल, सिज्जल बिश्वकर्मा र माइकल पुन रहनुभएको छ । भेलाले बालबालिकाको हक तथा अधिकार सम्बन्धी ११ बँुढे घोषणा पत्र समेत पारित गरि सार्वजनिक गरको छ ।
घोषणा पत्रमा बालबालिकाको जन्मदर्ताको हकलाई व्यवहारिक कार्यान्वयन गर्नुपर्ने, उचित शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उचित स्याहार तथा व्यक्तित्व बिकासको हक सुनिस्चित हुनुपर्ने, बालबालिकालाई घर, बिद्यालय, तथा अन्य सार्वजनिक स्थानहरुमा कुनैपनि उपेक्षा, दुव्र्यवहार तथा यातना दिन नपाईने, बाल अनुकुल तथा बालमैत्रि वातावरणको सृजना गर्नुपनर्,े लिंगको आधारमा भेदभाव गर्न नपाईने तथा बाल अधिकारको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने लगायतका माग तथा बिषयहरु उल्लेख गरिएको छ ।
सामाजिक बिकास कार्यालयका प्रमुख रमेश थापाले कार्यक्रमको बारेमा प्रकाश पार्दै बालबालिका सम्बन्धी ऐन २०७५ को दफा १० ले बाल क्लव गठन तथा बाल भेलाको सवाललाई सुनिस्चित गरि त्यसलाई कार्यान्वयन गर्न जिल्ला स्तरीय संरचना बनाउन निर्देशित गरेअनुसार म्याग्दीमा पनि जिल्ला बाल सञ्जाल गठन गरिएको बताउनुभयो ।
बालबालिकाको सवालहरुलाई सम्वन्धीत सरोकारवाला निकायहरुमा पु¥यानका लागि सञ्जालको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो । बाल सञ्जालको जिल्लामा आवद्धता सामाजिक बिकास कार्यालयमा हुनेछ र आवश्यक सहजीकरण तथा सहयोग पनि कार्यालयले गर्ने थापाले बताउनुभयो ।
कार्यक्रममा जिल्ला न्यायाधिश तेजनारायण पौडेल, प्रहरी निरिक्षक बिरेन्द्रराज गुरुङ, राष्ट्रिय बालअधिकार परिषद गण्डकी प्रदेश समन्वय अधिकृत बद्री वाग्ले र कार्यालय प्रमुख थापाले बालअधिकारका बिषयमा सहजीकरण गर्नुभएको थियो । भेलामा जिल्लाका ६ वटै पालिकाबाट ५ जनाका दरले बिभिन्न बिद्यालयमा अध्ययरत बालबालिकाहरुको सहभागीता रहेको थियो ।
बेनी सामुदायिक माविमा कक्षा ७ मा अध्ययन गर्ने सवैभन्दा सानो उमेरका सहभागी अभिषेक पौडलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सामाजिक बिकास कार्यालयका योजना अधिकृत बावुराम आचार्यले गर्नुभएको थियो ।
।