‘मेरो परिकल्पनाको स्थानीय सरकार’ बिषयक निबन्ध लेखन

नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले मेरो परिकल्पनाको स्थानिय सरकार विषयक निबन्ध लेखन प्रतियोगिता म्याग्दीका स्थानीय तहहरुमा सम्पन्न गरेको छ ।

अनेरास्ववियु गण्डकी प्रदेश कमिटीको सर्कुलर अनुसार मेरो परिकल्पनाको स्थानीय सरकार बिषयक निबन्धलेखन प्रतियोगिताको बेनी केन्द्रमा बेनी आवासीय माध्यमिक विद्यालय बेनीका बिवश शर्मा प्रथम हुनुभएको छ । त्यस्तै प्रकाश मावि बेनीका गृष्मा जिसी दोश्रो र ज्ञानोदय मावि मौवाफाँटका सुस्मिता शर्मा ले तेश्रो स्थान हासिल गर्नुभएको थियो । त्यसैगरी बेनी बजारको माउण्ट एभरेष्ट माविकी आयुस्मा केसी सान्त्वना हुनुभएको छ ।

त्यसैगरी पश्चिम म्याग्दीको मालिका गाउपालिका केन्द्रमा भएको कार्यक्रममा पश्चिम क्षेत्रका विद्यालयको सहभागीता थियो । उदय बहादुर दर्जीको संयोजन तथा मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमाया बिटालुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा किसानी मावी बिमकी सम्झना खत्री प्रथम, जनप्रीय मावी दरवाङकी बिजया शर्मा दोश्रो र गौ बम बस्त माबी देविस्थानकी बिपासा सिउथानीले तेश्रो स्थान हासिल गर्नुभएको थियो भने निस्कोट माबी निस्कोटकी रश्मि पुन र के बि एकेडेमी दरवाङकी निसा किसानले सान्त्वना स्थान हासील गर्नुभएको थियो ।

दरवाङमा भएको कार्यक्रममा प्रमुख अतिथि खरमायाँ बिटालुले बिद्यार्थी भविष्यको कर्णधार भएकाले उनीहरुको भिजन र सोचको सम्मान नेतृत्वले गर्नुपर्ने बताउनुभयो । बिटालुले देश र स्थानीय तहका बिकासका लागि एमालेको नीतिले नै काम गरेकोले आगामी निर्वाचनमा पनि एमालेले जित्नुको बिकल्प नरहेको बताउनुभयो । बिटालुले युवा तथा बिद्यार्थीहरु अब आउँदै गरेका तीनै तहको निर्वाचनकालागि अग्रमोर्चामा खट्नु पर्ने बताउनुभयो ।

सदरमुकाम बेनीमा भएको कार्यक्रममा संयोजक कल्याण सुवेदीको अध्यक्षता, अनेरास्ववियु म्याग्दी बहुमुखी क्याम्पसका सचिब सुजन खत्रीको संचालन, अनेरास्ववियु गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलको प्रमुख आतिथ्यता, र अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एबम म्याग्दी जिल्ला इन्चार्ज सुबास बिश्वकर्मा बिशिष्ट आतिथ्यता रहेको थियो ।

अनेरास्ववियु जिल्ला कमिटी म्याग्दिका सचिब मिलन खत्रीको स्वागत मन्तब्य, अनेरास्ववियु म्याग्दिका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि पौडेलले अहिले राजनीति प्रती युवा विद्यार्थीको बितृष्णा बढ्न सक्ने सम्भावनालाइ ध्यानमा राखेर सरकारले कार्यक्रम ल्याउनु पर्नेभए पनि सरकारको ध्यान एमाले बिरुद्ध मोर्चा बनाउने मै केन्द्रीत रहेको बताउनुभयो ।

अनेरास्ववियु मुलुकको अग्रणी बिद्यार्थी संगठन भएको र समृद्ध नेपाल शुखी नेपाली अभियान एमालेले मात्रै गराउन सक्ने भएकाले अखिल त्यो लक्ष्यको मुल खम्बा भएको हुनाले नै स्थानिय तह कस्तो चाहिन्छ भनेर खोजि अभियान जस्तै गरी निवन्ध लेखन प्रतियोगिता थालेको पौडेलले बताउनुभयो ।

पौडेलले आगामी निर्वाचनमा युवा तथा बिद्यार्थीको मागलाइ सम्बोधन हुने गरि घोषणा पत्र दलहरुले तयार गर्नु पर्ने र त्यसकालागि सुझाब दिन अखिलले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो । अनेरास्ववियु म्याग्दीका इन्चार्ज सुबास बिश्वकर्माले विद्यार्थीहरुले दियको सुझाबलाइ मध्यनजर गर्दै युवा विद्यार्थीको समस्यामा केन्द्रित रहि हरेक पार्टीले घोषणा पत्र बनाएमा युवा विद्यार्थी पलाएनलाई रोकि प्रभावकारी स्थानीय सरकार बनाउन सकिने बताउनुभयो ।

देश बिकास गर्न सक्ने र समृद्धि तर्फको यात्राका लागि एमाले सँग भिजन भएको हुँदा देशका हरेक सरकारको नेतृत्व एमालेले गरेमा मात्रै मुलुक समृद्धि तर्फ अगाडी बढ्ने बिश्वकर्माको भनाई थियो ।

You can share this post!

म्याग्दीमा टाइफाइडविरुद्धको खोप अभियान संचालन हुने

छन्त्याल संघको राष्ट्रिय महाधिवेशन बेनीमाः गृहमन्त्री खाँडले उद्घाटन गर्नुहुने

Related posts