भगवतिको वडा अध्यक्षमा २३ बर्षीय रन्जनाको स्वतन्त्र उम्मेदवारी

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतिको वडा अध्यक्षमा रन्जना श्रेष्ठले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्नुभएको छ ।
भगवति निवासी २३ बर्षीय श्रेष्ठले सामाजिक सञ्जाल फेसवुक मार्फत आसन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको हो ।

हाल म्याग्दी बहुमुखि क्याम्पसमा स्नातक तहमा अध्ययनरत श्रेष्ठले भगवतिमा शैक्षिक रुपान्तरणका लागि आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताउनुभएको छ ।

कुनैपनि सन्तानको शिक्षाको चिन्ताले गाउँ छोडेर बसाँईसराई गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र भगवतिको समयानुकूल विकासका लागि अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने निर्यण गरेको श्रेष्ठको भनाई छ ।

लामो समय सम्म सामाजिक कार्यमा आवद्ध हुँदा सिकेको ज्ञान र सिपलाई उचित प्रयोग गरि भगवतिको सन्तुलित विकासमा प्रतिवद्ध रहने बाचाका साथ श्रेष्ठले वडाबासीहरु समक्ष भोटको अपिल गर्नुभएको छ ।

You can share this post!

नेपाल छन्त्याल बिद्यार्थी संघको अध्यक्षमा अमर छन्त्याल

तालमेलका लागि कुनै दलसंग वार्ता नभएको एमाले म्याग्दीको जिकिर

Related posts