काठमाडौं । स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न सत्तारुढ पाँच दलले पार्टीका नेता तथा कार्यकर्तालाई आहृवान गरेका छन् ।
तालमेलको मोडालिटीबारे टुंगो लगाउन नसकिरहेको बेला सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् ।
‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आहृवान गर्दर्छौं ।’ शिर्ष नेताहरुको भनाई छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जसपाका वरिष्ठ नेता अशोककुमार राई र राजमोका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त अपिल जारी गरेका छन् ।