काँग्रेसबाट बेनीको मेयरमा १० जना र उप–मेयरमा ३ जना उम्मेद्धारको नाम सिफारिस

म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसबाट बेनी नगरपालिकाको मेयरमा १० जना र उपमेयरमा ३ जनाको नाम सिफारिस भएको छ ।  बिहिबार सम्प्न्न भएको बेनी नगर कार्य समितिको बैठकले म्याग्दीको बेनी नगरपालिकाको मेयर र उप मेयरको नाम सिफारिस गरेको हो ।

मेयरका लागि नेपाली काँग्रेस जिल्ला कार्य समितिका सचिव भरतबहादुर रकाल, पूर्व उपसभापती नेत्रबहादुर महत, निर्वतमान उपसभापती माधव प्रसाद रेग्मी, क्या. मिनबहादुर कार्की, नगर सभापती रबिन्द्र कार्की (रबि), महाधिवेशन प्रतिनिधि चिरञ्जीवी शर्मा, दुर्गाराम सुबेदी, बिमला गौचन, मनोजकुमार कार्की र हरिप्रसाद पौडेलको नाम जिल्ला कार्य समितिमा सिफारिस गरेको छ । त्यस्तै उप–मेयरका लागि अमृतदेवि बानियाँ, संगिता श्रेष्ठ र सुजता खत्रीको नाम सिफारिस गरिएको छ ।

नगर कार्य समितिको बैठकमा मेयरको आकांक्षी बढी देखिएको र आन्तरिक रुपमा छलफल गर्दा समेत टुङ्गो नलाग्ने देखिएपछि जिल्ला कार्य समितिमा पठाउने निर्णय गरेको नगर उपसभाती हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । मेयरका आकांक्षी सबैलाई राखेर पार्टीमा पुन छलफल गरेर सहमतिमा नै उम्मेद्धारको टुङ्गो लगाउने पार्टी सभापती खम्बीर गर्बुजाले जानकारी दिनुभयो ।

You can share this post!

एमालेबाट बेनपा ४ को अध्यक्षमा देबेन्द्र बहादुर बानियाँको उम्मेदवारी

प्रतितोला एक लाख २ हजार पुग्यो सुनको मूल्य

Related posts