स्याङ्जामा जीप दुर्घटनाः ५ जनाको मृत्यु, ६ जना घाइते

स्याङ्जा । स्याङ्जामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । डाँडाखर्क गाउँबाट वालिङ तर्फ आँउदै गरेको ग १ ज ७३९९ नम्बरको जीप आइतबार विहान १० बजे वालिङ नगरपालिका–१२ डाँडाखर्क स्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा एक बालकसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा वालिङ नगरपालिका १२ डाँडाखर्कका ६५ वर्षका वीरबहादुर दाला, ४५ वर्षकी हिरा दाला, २५ वर्षकी शर्मिला सारु र ६१ वर्षकी कुलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्सपेक्टर पदमराज थापाले जानकारी दिनुभयो । दुर्घटनामा शर्मिला सारुका छोरा ६र७ महिनाका बालकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा जीप चालक ६० वर्षका दलबहादुर थापा, वालिङ नगरपालिका९१२ का अंगबबहादुर दाला, मायाकुमारी सारु, योगेन्द्र थापा, नविना सारु र लक्ष्मी दाला रहेका छन् । उनीहरुको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

You can share this post!

माओवादीद्वारा बेनीको मेयर र उपमेयरको उम्मेदवार सिफारिस

म्याग्देली युवा रबिन कँडेल र कलाकार सलोन बस्नेतको संयुक्त लगानीमा झम्सिखेलमा रेस्टुरेन्ट

Related posts