रघुगंगाका पाँच वडामा माओवादीले उम्मेदवारको टुङगो लगायो

म्याग्दी  । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले रघुगंगा गाउँपालिकाको पाँचवटा वडामा उम्मेदवारको टुंगो लगाएको छ । वडा कमिटीको बैठकबाट वडा नम्बर १ बेगखोला, २ भगवति, ४ दग्नाम, ६ पाखापानी र ८ कुइनेमंगलेमा सर्वसम्मत रुपमा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगाइएको हो ।

माओवादी केन्द्रबाट बेगमा भविन्द्र शेरपुञ्जा, भगवतीमा नरबहादुर भण्डारी, दग्नाममा बि प्रसाद पुन, पाखापानीमा सन्तोष विक र कुइनेमंगलेमा चित्र घर्तिलाई वडा अध्यक्षको उम्मेदवार छनोट गरिएको नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, सबै वडामा वडा सदस्यका उम्मेदवारहरुको समेत चयन गरिसकिएको छ ।

वडा नम्बर ३ पिप्लेमा भने माओवादीबाट वडा अध्यक्षका प्रत्यासीहरुमध्ये वडा कमिटीबाट चार जनाको नाम सिफारिस भएकोमा गाउँपालिका कमिटीमा छलफल गरि रेशम कटुवाल र नारायण सुवेदीको नाम पार्टीको जिल्ला समन्वय समितिमा सिफारिस गरिएको छ ।

माओवादीबाट पिप्लेमा वडा अध्यक्षका प्रत्यासी सुवेदी पार्टीको वडा कमिटी अध्यक्ष र कटुवाल अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष एमव् केन्द्रिय सदस्य हुनुहुन्छ । रघुगंगाको अन्य दुई वडामा समेत छिट्रै वडा अध्यक्षका उम्मेदवारको टुंगो लगाउने जनाईएको छ ।

सत्तारुढ गठबन्धनका मूख्य दलहरु काँग्रेस र माओवादीविच जिल्लामा भागबन्डा नमिल्दा दुई दल विच दुरी बड्दै जान थालेको छ । गठबन्धनबाट अलग हुनुपर्ने अवस्थालाई समेत पूर्वानुमान गरि माओवादीले आफ्नो तयारी स्वरुप उम्मेदवार चयनलाई जिल्लाभर तिव्रताका साथ अगाडि बढाईरहेको छ ।

You can share this post!

म्याग्देली युवा रबिन कँडेल र कलाकार सलोन बस्नेतको संयुक्त लगानीमा झम्सिखेलमा रेस्टुरेन्ट

अन्नपूर्णको सात वडामा एमालेले टुङगो लगायो वडा अध्यक्षको उम्मेदवार

Related posts