रघुगंगामा माओवादीबाट निर्वाचित वडा सदस्य एमालेमा प्रवेश

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका –२ भगवतिका निर्वाचित वडा सदस्य बिष्णु कुमारी भण्डारी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीको तर्फबाट खुल्ला महिला वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

त्यस्तै नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीका सदस्य सोम बहादुर भण्डारी (कुमार) पनि माओवादी पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएको नेकपा एमाले म्याग्दीका सचिव सुरत केसीले जानकारी दिनुभयो । भण्डारी द्वय श्रीमान श्रीमति हुनुहुन्छ ।

बुधवार नेकपा एमालेको पार्टी कार्यालय हाँडेभिरमा पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज भूपेन्द्र थापा, जिल्ला कमिटी अध्यक्ष देबेन्द्र कटुवाल र सचिव सुरत केसीले उहाँहरुलाई खादा र अविर लगाएर एमालेमा स्वागत गर्नुभएको हो ।
श्रीमान भण्डारी भगवतिको पुराना कम्युनिष्ट नेता हुनुहुन्छ । नेकपा एमालेबाट भगवतिको वडा अध्यक्षका उम्मेदवार समेत रहनुभएका युवा नेता अमृत भण्डारीको समन्वयमा उहाँहरु एमालेमा प्रवेश गर्नुभएको हो ।

स्थानीय तहको निर्वाचन नजिकिदै गरेको अवस्थामा पार्टीको नेतृत्वबाट भएगरेका विभिन्न निर्णयहरु प्रति आफुहरुको असन्तुष्टि रहेको भन्दै उहाँहरुले अवको राजनैतिक यात्रामा नेकपा एमालेको विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले बेनी नगर कमिटीका उपसचिव लक्ष्मण कटुवालको पनि उपस्थिति रहेको थियो ।

 

 

You can share this post!

मंगला –५ को अध्यक्षमा एमालेबाट भुपेन्द्र खत्रीको उम्मेदवारी

अर्थतन्त्र सुधारोन्मुख रहेको परिसंघको दावी

Related posts