एमालेको गठबन्धन जनता सँग : सांसद थापा

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् म्याग्दी इन्चार्ज भूपेन्द्र थापाले नेकपा एमाले कुनै पनि पार्टी भन्दा पनि जनता संगको गठबन्धनलाई विश्वास राख्ने बताएका छन् ।

नेकपा एमाले बेनी नगरपालिका–८ को निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै म्याग्दी जिल्लाका निर्वाचित संघिय सांसद समेत रहेका थापाले भने–‘नेकपा एमाले तालमेल जनता संग गर्नुपर्छ भन्ने मान्यता राख्छ, दलहरु सँग पनि मित्रवत व्यवहार हुनु पर्छ तर साँठगाठ एवम् गठबन्धन भनेको जनता सँगै हो ।’

अहिलेको स्थानीय तह निर्वाचनमा अन्य राजनैतिक दलहरुले मोर्चा बनाएर एमालेलाई घेराबन्दी गर्न खोजेको भए पनि जनताले गठबन्धन गरेर एमालेलाई जितिाउने सांसद थापाले बताए । थापाले भने अब हामी जनताका लागि जनता सम्म नै जाने हो र जनता संगै बसेर काम गर्ने भएकाले पनि जनताले एमालेलाई जिताउनुको बिकल्प छैन ।

सांसद थापाले नेकपा एमाले बिकास र समृद्धिका लागि निर्वाचनमा होमिन्छ र जितेर समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनालाई पुरा गर्ने उद्देश्य राख्ने बताए । थापाले भने हामी न्यायधिश हुन वा वकालत गर्न जाने हैन काम गर्न जाने हो त्यसैले जनताले भोट हामीलाई नै हाल्नु हुनेछ ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र केसीले नेकपा एमाले अहिले सबैको लक्षीत पार्टी हो । अन्य दलहरुले कसरी सिध्याउने भन्ने चाहन्छन् भने जनताले कसरी जिताउने भन्ने चाहन्छन् । त्यसैले हामीलाई पछि समिक्षा गर्ने मौका नै छैन कुनै पनि हालत र कुनै मुल्य मान्यतामा पनि हामीलाई दोश्रो हुने भन्ने हुँदैन के।सीले भने । एमाले जनताको पार्टी हो र जनताको पक्षमा काम गर्नका लागि एमालेले जित्नु पर्ने भएकाले एमाले जितका लागि मैदानमा जाने र जित्ने के।सीको तर्क थियो ।

निर्वाचन वडा कार्यालय उद्घाटन कार्यक्रममा निर्वाचन परिचालन किमिटी वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराईली, नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरत के।सी, जिल्ला कमिटी सदस्य चन्द्र कुमार के।सी, बेलबहादुर कटुवाल, वडा नम्बर ८ का अध्यक्ष उम्मेदवार एवम् जिल्ला कमिटी सदस्य उत्तम कर्माचार्य, बेनी नगरकमिटीका अध्यक्ष नारायण जिसी लगायतको उपस्थिति रहेको थियो ।

You can share this post!

जन्मदिनको अवसरमा बालबालिकालाई सहयोग

घतानका नेपाली काँग्रेसका सक्रिय सदस्य मिजार एमालेमा प्रवेश

Related posts