धवलागिरीमा एमालेको उम्मेदवार अध्यक्ष पुन र उपाध्यक्ष कार्कीद्वारा मनोनयन दर्ता

म्याग्दी । यहि वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको धवलागिरी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन ।  गाउँपालिका अध्यक्षको उम्मेदवार थमसरा पुन र उपाध्यक्षको उम्मेदवार प्रगति कार्कीले सोमबार निर्वाचन अधिकृतको कार्यालय मुनामा मनोनयन दर्ता गराउनुभएको हो ।

त्यस्तै वडा नम्वर २ का अध्यक्षका उम्मेदवार अक प्रसाद बिक, ३ का मदन मल्ल, ४ का याम बहादुर घर्ति, ५ का तिल बहादुर छन्त्याल, ६ का राजाराम उपाध्याय र ७ का खुम बहादुर थापा राजुले वडा सदस्यहरु सहित मनोनयन दर्ता गराउनुभएको जिल्ला कमिटी सदस्य ईश्वर सुवेदीले जानकारी दिनुभयो ।

मनोनयन दर्ता पछि गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहनुभएका उम्मेदवार पुनले फेरी पनि अर्को ५ बर्ष जनताकै सेवामा बिताउनका लागि पार्टीले अध्यक्षको उम्मेदवारमा अघि सारेकोमा खुसी व्यक्त गर्दै पालिकाको विकास र समृद्धिका लागि आफु कहिलै नथाक्ने बताउनुभयो ।

विगत ५ बर्षको अवधिमा धरै कामहरु सम्पन्न भएका र कतिपय बिकास र सुशासनका कार्यहरु योजनाबद्ध तरिकाले संचालन गरिएकाले आफु अध्यक्षमा निर्वाचित भएपछि ति सवै कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मलाई केहि लोभलालच छैन, जनताकै सेवा गर्ने चाहा छ र पालिकाको विकास, पुनले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, सडक, बिद्युत र सञ्चारको सेवा तथा सुविधाबाट यहाँका जनतालाई लाभान्वित बनाउने मेरो सपनालाई साकार बनाउन पालिकाबासीको अमूल्य मत प्राप्त हुनेछ” ।

You can share this post!

रघुगंगामा माओवादीको उम्मेदवारी दर्ता, अध्यक्षमा विक र उपाध्यक्षमा कटुवाल

मालिका गाउँपालिकामा १४७ जनाको उम्मेदवारी दर्ता

Related posts