स्थापना दिवसको अवसरमा फलफुल वितरण

म्याग्दी । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीले १ सय ११ औं स्थापना दिवसको अवसरमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ ।

दिवसको अवसरमा बेनी अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गदैं संविधान सभाका सदस्य एवम् पूर्व सभापति रेशम बहादुर बानियाँले मजदुरको पक्षमा कांग्रेस सधै सक्रिय रहेको बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट एकल उम्मेदवारी दिएको र माओवादी संग गठवन्धन गरि उम्मेदवार दिएकालाई विजय बनाउने अभियानमा सक्रिय हुनुपर्ने बताउनुभयो ।

श्रमिक र स्वरोजगार क्षेत्रमा स्थानीय तहले बजेट विनियोजनमा प्राथमिकता दिनुपर्नेमा बानियाँको जोड थियो । दिवसको अवसरमा आयोजित कार्यक्रममा पार्टी सचिव हिरा पुन, बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेल, नेपाल ट्रेड युनियन कांग्रेसका निर्वतमान अध्यक्ष दुर्गाराम सुबेदी, कांग्रेसका नेता कृष्णप्रसाद बरुवाल, बेनपा ८ का वडा अध्यक्ष प्रत्यासी हिमबहादुर भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

नेपाल ट्रेड युनियन म्याग्दीका अध्यक्ष कोमलप्रसाद ढुंगानाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

You can share this post!

जलजलामा गठबन्धनका उम्मेदवारको प्रतिवद्धताः कृषि उपजको बजार सुनिश्चित गछौँ

परिपक्व महिला नेताः उपमेयरका उम्मेदवार शाही

Related posts