म्याग्दीमा ६६ दशमलव २३ प्रतिशत मत खस्योः निर्वाचन शान्तिपूर्ण

म्याग्दी, ३० वैशाख । म्याग्दीको ६ वटै स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि भएको स्थानीय तह निर्वाचनमा ६६ दशमलव २३ प्रतिशत मत खसेको छ । आयोगले दिएको निर्धारित समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समयअवधिमा जिल्लाको सवैपालिकामा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो ।

म्याग्दीमा ८५ हजार ३ सय ७५ जना मतदाता रहेकोमा ५६ हजार ५४३ जनाले मात्र मतदान गरेका छन । कुल मतदाताको ६६ दशमलव २३ प्रतिशत मत खसेको छ । जसमा महिला ३० हजार ३२ रहेका छन भने पुरुष २६ हजार ५१० जनार अन्य १ जना रहेका छन । जिल्लाको बेनी नगरपालिका, मंगला गाउँपालिका लगायतमा आज बिहान ८ बजेदेखि मतगणना गर्ने तयारी भएको छ ।

You can share this post!

मंगलामा पैँसठ्ठी प्रतिशत मत खस्यो

बेनी नगरपालिकामा मतगणना सुरु

Related posts