म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर १ निस्कोटको वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार टंक प्रसाद पुन निर्वाचित हुनुभएको छ ।
उहाँले ४६२ मत प्राप्त गरि बिजयी हुनुभएको हो । पुन २०७४ सालको निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार बुद्धि बहादुर पुनले ४०६ र माओवादीका तिलक पुनले ९८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै वडा नम्वर १ निस्कोटबाट पालिका अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोकाले ४१८, नेकपा एमालेका बेग प्रसाद गर्बुजाले ३९३ र नेकपा माओवादी केन्द्रका रेशम जुग्जालीले १५६ मत प्राप्त गर्नुभएको छ ।
पालिका उपाध्यक्षमा नेपाली काँग्रेसका पिपला बुढाथोकीले ४३६, नेकपा एमालेका लक्ष्मी पुनले ३९८ र नेकपा माओवादीका गौरी सेन्चुरीले १२९ मत प्राप्त गर्नुभएको छ । अहिले वडा नम्वर २ रुमको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।