म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा नेकपा माओवादीका उम्मेदवार मोतिप्रसाद बुढा विजयी हुनुभएको छ । शनिबार सम्पन्न वडा नम्बर ३ को मतगणनाको परिणाम अनुसार वडा अध्यक्षमा बुढाले ३४५ मत प्राप्त गरि विजयी हुनुभएको हो ।
बुढाका प्रतिस्पर्धी कांग्रेसका श्यामबहादुर बुढाथोकीले ३२५ ,एमालेका मनबहादुर बुढाथोकीले २४१ र मंगोलका ज्ञानबहादुर पुनले १६ मत प्राप्त गरेका छन् । वडा नम्बर ३ मा कुल ९४६ मत खसेकोमा गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीप्रसाद रोका मगरलाई ३१९ ,माओवादीका रेशमबहादुर जुग्जालीलाई ३५४ ,एमालेका बेगप्रसाद गर्बुजालाई २३३ र मंगोलका खमबहादुर रोकालाई १६ मत खसेको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो ।
त्यसैगरी गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी पिपला बुढालाई ३२० ,माओवादीकी गौरी सेन्चुरीलाई ३४९ ,एमालेकी लक्ष्मीदेवी घर्ति पुनलाई २३५ र मंगोलकी धनदेवी बुढालाई १६ मत खसेको छ ।