म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङमा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा ओम प्रसाद फगामी ३२९ मत प्राप्त गरि विजयी हुनुभएको छ ।
उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका रेखिराम पूर्जाले ले १२० मात्रै मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिनुभयो ।
त्यस्तै महिला सदस्य बिष्णु कुमारी गर्वुजाले ३१९, दलित महिला सदस्य बिष्णु कुमारी दमाईले ३२०, खुल्ला सदस्य चन्द्र कुमार फगामीले ३१८ र खुल्ला सदस्य देव गर्बुजाले ३१६ मत प्राप्त गरि विजयी हुनुभएको अधिकृत सुवेदीले बताउनुभयो ।
पालिका अध्यक्षमा नेकपा एमालेका भरत पुनले ३२०, नेपाली काँग्रेसका बल बहादुर तिलिजाले १२१, मंगोलले ७ र राप्रपाले ३ मत प्राप्त गरेका छन । त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका दिवा पुनले ३२२, नेपाली काँग्रेसका ललिता तिलिजा पुनले ११९ र मंगोलले ५ मत प्राप्त गरेको सुवेदीले जानकारी दिनुभएको छ ।
अन्नपूर्णको १ र २ वडामा सम्पन्न भएको मतगणना अनुसार नेकपा एमालेले गाउँपालिका अध्यक्षमा ६६१ र उपाध्यक्षमा ६६२ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली काँग्रेसले अध्यक्षमा ३४२ र उपाध्यक्षमा ३४४ मत प्राप्त गरेको छ । राप्रपाको अध्यक्षमा ३, मंगोलको अध्यक्षमा १५ र उपाध्यक्षमा ११ मत खसेको छ ।