म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –४ बरंजामा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा लाल बहादुर रोकाले ३३३ मत लिएर विजयी हुनुभएको छ ।
उहाँका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मी वुढाथोकीले ३०५ र नेकपा माओवादीकी मनमाया चोचाङेले २८५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै सदस्यहरुमा नेपाली काँग्रेसबाट होममाया पुन, श्रीकला विश्वकर्मा, हरि पनु र होम बहादुर बुढाथोकी विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो ।
यो संगै मंगलाको ४ वटा वडाका मत गनेर सकिएको छ ।
४ वटा वडाको म गनेर सकिदा गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सत प्रसाद रोकाले २९९८, काँग्रेसका विरेन्द्र बुढाथोकीले २०६०, माओवादीका टेक बहादुर विश्वकर्माले १२७०, राप्रपाका योगेन्द्रमान शेरचनले ८८ र मंगोलक गिरु रोकाले १४ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका पेमा अधिकारीले ३१०७, काँग्रेसका शर्मिला थापाले १९९८, माओवादीका सुकमाया रोकाले ११८७ र मंगोलका विन्दु मल्लले १०७ मत प्राप्त गर्नुभएको छ ।
यो मत परिणाम अनुसार मंगलामा नेकपा एमाले अग्रस्थानमा रहेको छ र जित पनि सुनिस्चित हुने देखिएको छ ।
अव मत गन्न वडा नम्वर ५ मात्रै बाँकी रहेको छ । जहाँ २ हजार १ सय ९ मत खसेको थियो । मंगलामा नेकपा एमालेले वडा नम्वर १, २ र नेकपा माओवादीले वडा नम्वर ३ मा यसअघिनै जित हाँसिल गरेको छ ।