म्याग्दी । बेनी नगरपालिका वडा नम्वर ८ को अध्यक्षमा एमालेका उम्मेदवार उत्तम कर्माचार्य विजयी हुनुभएको छ । उहाँले गठवन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार हिम भण्डारीलाई ५ भोटले पछि पार्दै विजयी हुनुभएको हो ।
अध्यक्षमा विजयी कर्माचार्यले ३१७ र उहाँका प्रतिस्पर्धी भण्डारीले ३१२ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष कर्माचार्य सहित एमालेबाट ३ जना सदस्य विजयी भएका छन ।