म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको कार्यपालिका सदस्य पदका लागि १२ जनाको उम्मेदवारी दर्ता भएको छ । कार्यपालिका सदस्य निर्वाचनका लागि नेकपा एमालेले ६,नेपाली कांग्रेसले ३, माओवादी केन्द्रले २,नेकपा एकिकृत समाजवादीले एक जनाको मनोनयन दर्ता गरेका हुन् ।
चुनावी प्रक्रिया मार्फत महिला चार, दलित तथा अल्पसंख्यक सदस्य २ जना चुनीनेछन् । गाउँपालिकाको निवर्तमान उपाध्यक्ष समेत रहनुभएकी खरमाया विटालु जुग्जालीले पनि नेकपा एमालेबाट उम्मेदवारी दिनुभएको छ ।
एमालेको तर्फबाट महिला तर्फ गौमति चपाई, छरदेबी घर्ति, प्रतिक्षा बिक,मनकुमारी पुन र दलित वा अल्पसंख्यक कोटामा निवर्तमान उपाध्यक्ष जुग्जाली र खिममाया पटेल उम्मेदवार बन्नुभएको छ ।
कांग्रेसबाट महिला तर्फ तुलसीदेबी पुर्जा , भिमकुमारी पुन ,तनदेबी पुर्जा ,माओवादीबाट महिलातर्फ देबी पटेल,दलित वा अल्पसंख्यक तर्फ दलबहादुर खड्काथोकी र एकिकृत समाजबादीबाट अनुप गौचनको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार जेठ ८ गते दलित वा अल्पसंख्यक पदका लागि उम्मेदवारी दिनुभएकी विटालु जुग्जालीका बिरुद्ध दावी विरोध परेको थियो । दलित सदस्यका उम्मेदवार होइन भन्दै परको उजुरी उपर छानविन गर्दा विटालुद्वारा प्राप्त प्रमाणका आधारमा उहाँ दलित सदस्यमा नै पर्ने भएकाले दावि विरोधको जिकिर पुष्टि हुन नसक्दा सो दावि विरोध खारेज भएको निर्वाचन कार्यालयले जनाएको छ । कार्यापालिका सदस्यको निर्वाचन यहि जेठ १२ गते हुनेछ ।
मालिका गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि निर्वाचित ३७ जना मतदाता छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष ,तीन वटा वडा अध्यक्ष र १२ जना वडा सदस्य मतदाता छन् । एमालेको १७ मत छन् भने कांग्रेसका तीन वडा अध्यक्ष सहित १५ र माओवादीका एक वडा अध्यक्ष सहित पाँच मतदाता रहेका छन् । कार्यपालिकाको निर्वाचनमा कांग्रेस ,माओवादी र एसले अघोषित रुपमा तालमेल गरेका छन् ।