कांग्रेस नेतृ गौचनद्धारा प्रेस युनियनलाई एक लाख रुपैयाँ सहयोग

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीकी नेतृ तथा होटल व्यवसायी बिमला गौचनले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ ।

सोमबार एक कार्यक्रमका विच गौचनले आफ्ना श्रीमान स्वर्गिय रामगौचनको स्मृतिमा प्रेस युनियनको अक्षयकोषलाई एक लाख रुपैयाँ सहयोग गर्नुभएको हो ।

उक्त रकम गौचनले प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा ,केन्द्रीय पार्षद सदस्य हरिकृष्ण गौतम र युनियन म्याग्दीका उपाध्यक्ष धनिलाल गर्बुजालाई हस्तान्तरण गर्नुभएको हो ।

म्याग्दीमा क्रियाशिल पत्रकारहरुको आपतकालिन सहयोगका लागि स्थापना गरिएको पाँचलाखको अक्षयकोषका लागि हाल सम्म करिब साढे दुई लाख रुपैयाँ सहयोग प्राप्तभएको प्रेस युनियन म्याग्दीका सचिव साधन राम्जालीले जानकारी दिनुभयो ।

You can share this post!

मालिकामा कार्यपालिका सदस्य पदका लागि १२ जनाको उम्मेदवारी

हवाई भाडा फेरि बढ्यो, बढेको भाडा बुधबारदेखी लागु हुने

Related posts