म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । सोमबार एक कार्यक्रमका विच अध्यक्ष भण्डारीले प्रेस युनियनको अक्षयकोषलाई एकाउन्न हजार एक सय ११ रुपैयाँ सहयोग गर्नुभएको हो ।
उक्त रकम भण्डारीले प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा, उपाध्यक्षद्धय धनिलाल गर्बुजा र पबित्रा खत्रीलाई हस्तान्तरण गर्नुभएको हो ।
म्याग्दीमा क्रियाशिल पत्रकारहरुलाई आपतकालिन सहयोग, प्रोत्साहन र सम्मान गर्ने उद्धेश्यले स्थापना गरिएको पाँच लाखको अक्षयकोषलाई हालसम्म करिब साढे दुई लाख रुपैयाँ सहयोग प्राप्त भएको सचिव साधन राम्जालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, अक्षयकोषलाई संगठनका पुर्व र वर्तमान पदाधिकारी, स्वदेश तथा विदेशमा रहेका शुभचिन्तकहरुले सहयोग गरिरहेका छन । कोषका लागि सहयोग आउने क्रम जारी रहेको छ ।