काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको कुर्सीमा बसेका छन् बालेन्द्र साह । आज उनले मेयर पदको सपथग्रहण र पदभार ग्रहण गरे ।
मेयर पदको सपथग्रहण गर्दा माला लगाउन इन्कार गरेर बालेन्द्रले फरक सन्देश दिन खोजे । उनले दुई दिनअघि ओखरपौवा पुगेर काठमाडौंको फोहोर समस्या समाधान नगरेसम्म माला नलगाउने र उत्सव नमनाउने घोषणा गरेका थिए । आफ्नो उक्त निर्णयलाई उनले सपथग्रहणमा कार्यान्वयन गरे ।
सपथग्रहणलगत्तै महानगरपालिकाको कार्यालयमा पदभार ग्रहण गर्न पुगे बालेन्द्र । त्यहाँको माहोल भने अलिक गरम थियो । उनको कार्यकक्षभित्र क्यामेराहरू अटाइनअटाइ थिए ।
पहिलो निर्णयमा हस्ताक्षर गर्नका लागि बालेनलाई एउटा फाइल तेर्स्याइयो । उनले फाइलमा सरक्क सही गरेनन् । आफैंले केही लेखेर हस्ताक्षर गरेको देखियो ।
पछि महानगरका कर्मचारीले बालेन्द्रको पहिलो निर्णय जानकारी गराए, ‘आजै नगर कार्यपालिकाको बैठक बस्ने र त्यसको लाइभ प्रसारण गर्ने ।
बालेन्द्रले आफ्नो चुनावी अभियानका क्रममा नै काठमाडौंका हरेक बैठक लाइभ गर्ने बाचा गरेका थिए । त्यसलाई पनि व्यवहारिक कार्यन्वयनमा लैजाने छनक उनले पहिलो बैठकबाटै दिएका छन् ।’ नेपाल प्रेसबाट