देवी जिसी
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ८ मा किशोरी कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना र कालिगण्डकी आमा समुहको संयोजनमा वडा भित्रका १४ देखि २० वर्ष सम्मका किशोरीलाई लक्षित गरि कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक दुर्गा प्रसाद अधिकारीले कानुनी सचेतना अन्तर्गत बाल विवाह, बहुविवाह , लागु औषध लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । त्यस्तै किशोरी स्वास्थ्यका बिषयमा स्वास्थ्य कार्यालय म्याग्दीका गणेश सुबेदीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष उत्तम कुमार कर्माचार्यले भविस्य कस्तो बनाउने भन्ने निर्णय गर्ने समय किशोरावस्था भएकाले असल कर्ममा लाग्न किशोरीहरुलाई अनुरोध गर्नुभयो । उहाँले किशोरीहरुलाई असल बाटोमा हिडाउँन अभिभावकमो भूमिका महत्वपूर्ण हुने बिचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा कालिगण्डकी आमा समुहका अध्यक्ष भुनु तिलिजाले २०५४ सालमा स्थापाना भएको आमा समुहले विभिन्न सचेतनामुलक कार्य गर्दै आइरहेको र वडाले यस्तो महत्वपुर्ण कार्यक्रमको संयोजन गर्ने अवसर प्रदान गरेकोमा धन्यबाद दिनु भएको थियो । कार्यक्रममा वडा सदस्य जानकी विश्वकर्माले मन्तब्य ब्यक्त गर्नु भएको थियो । किशोरी लक्षित कार्यक्रमको संयोजन गौरी थापाले गर्नु भएको हो ।
आमा समुहकी अध्यक्ष तिलिजाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सबिता पुन मगर र स्वागत देवी जिसीले गर्नुभएको थियो ।