सोलेडाँडामा पर्यटन पार्क निर्माण सुरु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका –४ अखोरबोट र बाग्लुङको तमानखोला गाउँपालिका –४ लाम्मेलाको सिमानामा पर्ने सोलेडाँडामा पर्यटन पार्क निर्माण सुरु गरिएको छ ।

मालिका गाउँपालिकाबाट आर्थिक बर्ष २०७८÷०८९ का लागि विनियोजित रु १० लाख रुपैयाँ बजेटबाट १२ मिटर लम्वाई रहेको १ तले १ कोठे भवननिर्माण सुरु भएको छ ।

त्यहाँपुग्ने पर्यटकलाइ आश्रयस्थलका रुपमा सो भवननिर्माण गर्न लागिएको सोलेडाँडा पर्यटन पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष हिरा बहादुर पुनले बताउनुभयो । असार २० गते सम्म निर्माण सम्पन्न गर्ने लक्ष सहित हाल २० देखि २५ जना मजदुरले काम गरिरहेका छन ।

भवन छाउनका लागि रुमबाट स्लेट ढुङ्गा ल्याइएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिएर टिनको सट्टा ढुङ्गाले छाउन लागिएको हो । भवन निर्माण संगै पानीको व्यवस्था पनि गरिने अध्यक्ष पुनले बताउनुभयो ।

पानीको लागि सोलेमा समस्या रहेको छ । १४ सय मिटर पाइप खरिद गरि सोलेबाट २ घण्टाको उकालो पैदलयात्रा पछि पुगीने दोगारी खोलाबाट पानील्याउने तयारी गरिएको पुनले बताउनुभयो ।

पार्क स्थलभित्रै धारा निर्माण गरि पानी उपलव्ध गराईने छ । ३२ सय मिटर उचाईमा रहेको सोलेडाँडा आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गईरहेको छ ।

म्याग्दी र बाग्लुङको अधिकांश ग्रामिण बस्तीहरुको सुन्दर दृश्य अवलोकन, गुराँसे जंगल, अग्ला डाडाँहरु, हरियाली चौर र त्यहाँ निर्माण हुँदै गरेका पर्यटनका पूर्वाधारहरुले सोले पुग्ने पर्यटकलाई आनन्द प्रदान गर्दछ ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङ् देखि अदिभारा, ओखरबोट हुँदै र रुम डाँडागाउँ, किटिनी हुँदै पनि सवारी साधनमार्फत सोलेडाँडा पुग्न सकिन्छ । त्यहाँ गुराँसका रुखहरुलाई संरक्षण गरिएको छ ।

बाग्लुङको तमानखोला गाउँपालिकाले पनि सिमाक्षेत्रमा पर्यटन पार्क निर्माणको कार्यलाई तिव्रता दिएको छ । बिश्राम स्थललगायतका संरचनाहरु तयार भएका छन ।

सोलेडाँडामा पर्यटन प्रवद्र्धनकालागि सुन्दर पार्क निर्माणको कार्यलाई आगामी आर्थिक बर्षमा पनि बजेट बिनियोजन गरि निरन्तरता दिईने मालिका गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वेग प्रसाद गर्वुजाले बताउनुभयो ।

You can share this post!

बेनपा ८ मा किशोरी कानूनी सचतेना कार्यक्रम

म्याग्दीमा प्रथम प्रदेशस्तरीय किशोरी सम्मेलनः ११ बुँदे बेनी घोषणापत्र जारी

Related posts