म्याग्दी । जिल्ला भलिबल संघ म्याग्दीको अध्यक्षमा तेजेन्द्र बानियाँ निर्वाचित हुनुभएको छ । बेनीमा बिहिबार सम्पन्न भएको संघको ५ औं अधिवेशनबाट भलिबल प्रशिक्षक बानियाँको नेतृत्वमा संघ गठन गरिएको हो । बानियाँ यसअघि संघको उपाध्यक्ष हुनु्हुन्थ्यो । बानियाँले जिल्लाको भलिवल खेलको विकासमा महत्वपुर्ण योगदान पु¥याउँदै आउनुभएको छ ।
संघको उपाध्यक्षमा खड्क केसी र रत्न भण्डारी (राजकुमार), महासचिवमा कुमार किसान र कोषाध्यक्षमा बिष्णुकुमारी रोका चयन हुनुभएको छ । त्यस्तै कार्य समितिका सदस्यहरुमा मलिन रोका, राजकुमार शाही, सनमान जुग्जाली, मनोज खड्का, अप्सन रामजाली, गंगा तिलिजा, रुपेश सुन्दास र चित्र जुग्जाली रहनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पालिका संयोजक पनि गठन गरेको छ । बेनी गरपालिका संयोजकमा खड्क केसी, सदस्यहरु रुपेश सुन्दास र मनोज खड्का, रघुगंगा गाउँपालिका संयोजकमा राजकुमार शाही र सदस्यहरु राजकुमार भण्डारी रत्न र गंगा तिलिजा चयन हुनुभएको महासचिव कुमार किसानले जानकारी दिनुभयो ।
अन्य पालिकाहरुको संयोजक र सदस्यहरु भने आगामी बैठकमा चयन गरिने उहाँले बताउनुभयो । अध्यक्षमा निर्वाचित बानियाँले जिल्लाको भलिवलको विकासका लागि विभिन्न योजना बनाएर काम गर्ने बताउनुभयो । उहाँले जिल्लाका खेलाडिलाई राष्ट्रिय स्तर सम्म पु¥याउनका लागि अभ्यास, प्रशिक्षण लगायतका गतिविधिलाई प्राथमिकताका साथ संचालन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।