बुबाको सम्झनामा बालबालिकालाई शैक्षिक पोशाक वितरण

म्याग्दी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ ।

पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना आधारभुत विद्यालयमा अध्ययनरत १३ विद्यार्थीलाई रू १० हजार बराबरको पोशाक वितरण गर्नुभएको हो ।

आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा स्वर्गीय गौतमले प्राथमिक तह सम्मको शिक्षा लिएको विद्यालयमा छोरामार्फत निरन्तर प्राप्त सहयोगले सहज भएको प्रधानाध्यापक टेकनाथ शर्माले बताउनुभयो ।

यसअगाडी समेत पत्रकार गौतमार्फत सम्पूर्ण बालबालिकालाई आवश्यक पर्ने स्टेशनरी सहित शैक्षिक साम्रागी सहयोग र गैरसरकारी संस्थामार्फत पुस्तकालय कार्यक्रममार्फत सहयोग भएको प्रअ शर्माको भनाई थियो ।

स्वर्गीय बालकृष्ण गौतम साविकको पूलाचौर गाविस वडा नं १ मा बि.स २००६ साल चैत्र २९ गते जन्मिनुभएको थियो । कार्यक्रममा विब्यस अध्यक्ष तेजप्रकाश बानियाँ, शिक्षक अभिभावक संघका अध्यक्ष कर्णबहादुर बानियाँले स्वर्गीय पिताको सम्झनामा प्राप्त सहयोग प्रति पत्रकार गौतम र उहाँको परिवारलाई आभार प्रकट गर्नुभएको थियो ।

You can share this post!

बेनीमा द्वन्द्वपीडितलाई सम्मान तथा स्मृति कार्यशाला गोष्ठी

रणवाङको हिलाम्मे सडकमा धान रोपियो

Related posts