गायीका शोभा कार्कीको तिज गीत ‘बाटुली’ सार्वजनिक

म्याग्दी । नेपाली नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तिजका भाकाहरु बजारमा घन्किन थालेका छन । लोक दोहोरी क्षेत्रका थुप्रै कलाकारहरुले तिजका गीतहरु युटुव मार्फत प्रस्तुत गरिरहेका छन । यसैसन्दर्भमा म्याग्दीका लोकप्रीय गायीका शोभा कार्कीले तिजको गीत बाटुली सार्वजनिक गर्नुभएको छ ।

चर्चित लोक दोहोरी गायक खेम सेन्चुरी र कार्कीको समुधुर आवाजमा सजिएको गीत शव्द नेत्र अर्याल र लय गायक सेन्चुरीको रहेको छ । प्रकाश भट्टले निर्देशन गर्नुभएको म्युजिक भिडियोमा गायक सेन्चुरी र गीता ढुङ्गानाले उत्कृष्ट अभिनय गर्नुभएको छ । गीतको म्युजिक भिडियो संस्कृति म्युजिक प्रा.लि.को प्रस्तुतीमा खेम सेन्चुरी युटृव च्यानलबाट सार्वजनिक गरिएको छ ।

तिजको अवसरमा बजारमा आएका कतिपय गीतहरु अश्लिल भएको र वास्तविक तिजको भाव भन्दा फरक भएको र विकृति उत्पन्न गराएको भन्दै प्रतिक्रियाहरु आइरहेका पनि छन । तर कार्कीको यो गीतमा मौलिकता झल्किएको पाइन्छ ।

https://www.youtube.com/watch?v=K0LkqMcEio0

तिज पर्व हाम्रो परम्परागत पर्व हो । विशेषगरि दिदि बहिनीहरु माईतिको आगनीमा भेला भई दर खाने, नाच्ने र गाउने गरि बर्षदिनको दुख पीडा विर्सने संस्कृति बोकेको तिजको अवसरमा त्यस्तै भावको गीत प्रस्तुत गरेको गायीका कार्कीले बताउनुभयो ।

तिजको बेला विवाहित दिदीवहिनीहरु माइत जाने, दर खाने, साडि, चुरापोते, टिका, गाँजल लगाई गाउने नाच्ने, आफुले मन पराएको मान्छे पाउनका लागि वा विवाहितले श्रीमानको दीर्घ जीवनको कामनाका साथ व्रत वस्ने लगायतका हाम्रै रीतिथिती र संस्कारलाई गीतमा व्यक्त गरि मौलिकता झल्काईएको गायीका कार्कीको भनाई छ ।

जिल्लाको रघुगंगा गाउँपालिका –२ राखु भगवति घर भई हाल काठमाडौँमा बस्दै आउनुभएकी गायीका कार्की गत कार्तिकमा काठमाडौँमा सम्पन्न दोहोरी च्याम्पियनमा उपविजेता बन्नु भएको थियो । प्रत्यक्ष दोहोरीमा चर्चा बटुल्नु भएका गायीका कार्कीले राष्ट्रिय स्तरका धेरै प्रतियोगीताहरुमा जित हाँसिल गर्नुभएको छ ।
गाजलु लाएर टिकीय लायर दर्पण हेर बाटुली
तिजको बेला नाचेर गायर धोको फेर बाटुली
दुईदिने चोला भोली के होला दर्पण हेर नक्कले
तिमी नै शिव तिमी नै भोला धोको फेर नक्कले

 

 

You can share this post!

४४ औं पुष्पलाल स्मृति दिवसमा अन्तरक्रिया तथा बृक्षारोपण

क्योदाई एजुकेशन कन्सल्टेन्सीले मनायो प्रथम वार्षिक उत्सव

Related posts