प्रथम मोना कपको उपाधी आयोजकले चुम्यो

म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ मोनाद्वारा आयोजित प्रथम मोना कप पुरुष भलिबल प्रतियोगीता २०२२ को उपाधी आयोजकले हात पारेको छ । फ्रान्सको पेरिसमा आइतवार सम्पन्न भएको फाइनल खेलमा मोना फ्रान्सले स्याङ्जा समाजलाई पराजित गर्दै उपाधी चुमेको हो ।

लामो समयको अन्तरालमा मोना फ्रान्सले आयोजना गरेको भलिवल प्रतियोगीतामा एनआरएनए फ्रान्स, मगर समाज फ्रान्स, तमु समाज, बागलुङ समाज, पर्वत समाज, स्याङ्जा समाज, एकता समाज र आयोजक मोना गरि ८ टिम सहभागी भएका थिए ।

प्रतियोगीतमा मोना फ्रान्सका अमृत घर्तीले उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गर्नुभएको छ । उत्कृष्ट डिफेन्डर याम श्रीस मगर, उत्कृष्ट सर्भर किस्मत अधिकारी, उत्कृष्ट स्पाइकर हिम्मत राई, उत्कृष्ट व्लकर शंकर सेन, उत्कृष्ट सेटर लेख पुन र अनुशासित टिम मगर समाजलाई घोषणा गरि पुरस्कार प्रदान गरिएको मोना फ्रान्सका सहसचिव महेन्द्र बोहोराले जानकारी दिनुभयो ।

प्रतियोगीतामा विजेताले १२ यूरो उपविजेताले ६ सय यूरो र उत्कृष्ट खेलाडीले १ सय यूरो ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । फ्रान्सका लागि नेपाली राजदूत श्रीमान दिपक अधिकारीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगीता निवर्तमान अध्यक्ष पदम शेरचनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतियोगीतामा मोना फ्रान्सका संस्थापक अध्यक्ष हेम बानियाँ लगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन सहसचिव बोहोराले गर्नुभएको थियो ।

You can share this post!

नागरिकता विधेयक फिर्ताको मागसहित क्षत्री समाजले ज्ञापनपत्र बुझायो

रुम घटना प्रति समन्वय प्रमुख थापाद्वारा दुख व्यक्त

Related posts