म्याग्दीकाली संचार सहकारीद्वारा मेयर केसीलाई बधाई ज्ञापन

म्याग्दी । बेनी नगरपालिका – ७ मंगलाघाटमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लिमिटेडले बेनी नगरपालिका प्रमुख सुरत केसीलाई सम्मान सहित बधाई ज्ञापन गरेको छ ।

बुधवार संस्थाको पूर्ण बैठकको अवसरमा सहकारी संस्थाद्वारा संचालित म्याग्दीकाली एफएम ८८.२ मेघाहर्जका पूर्व समाचार सम्पादक समेत रहुनभएका केसी बेनी नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएकोमा सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरिएको हो ।

संस्थाका संचालक समिति अध्यक्ष विजय कुमार श्रेष्ठ, सल्लाहकार सदस्य क्या. मिन बहादुर कार्की, सुदर्शन कुमार श्रेष्ठ लगायत पदाधिकारीहरुले अविर र खादा लगायर सम्मान एवम् बधाई ज्ञापन गर्नुभएको थियो । केसी संस्थाको सहसचिव समेत हुनुहुन्छ ।

सम्मान ग्रहण गर्दै बेनी नगरपालिका प्रमुख केसीले म्याग्दीकाली संचार सहकारी जिल्लाकै ठुलो संचार गृह भएको र संचारको क्षेत्रमा महत्वपूर्ण भूमिका निभाउदै आएको बताउनुभयो ।

करिव दुई दशकको समय संचारको क्षेत्रमा विताउनु भएका केसीले जिल्लाका संचार माध्यमहरुको सवलिकरण र संचारकर्मीहरुको पेशागत हितका लागि नगरपालिकाले सधैँ सहयोग गर्ने बताउनुभयो ।

संस्थाको बैठकमा कोषाध्यक्ष राजु बानियाँले आर्थिक बर्ष २०७८÷०७९ को आम्दानी तथा खर्च विवरण प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षता र सचिव सुविन श्रेष्ठको संचालनमा बैठक सम्पन्न भएको थियो ।

२०६४ सालमा स्थापना भएको सहकारीले हाल मंगलघाटमा रहेको आफ्नै भवनबाट केवुल र रेडियोको कार्यालय संचालन गरि सेवा प्रदान गरिरहेको छ । भने पोखरा इन्टरनेट संगको साझेदारीमा नेट सेवा पनि उपलव्ध गराएको छ ।

 

You can share this post!

विममा प्राविधिक धारका विद्यार्थीहरुद्वारा भैंसीको पेटमा अड्किएको पाडो निकालियो

अन्नपूर्णको महभिरमा गाँजा फँडानी

Related posts