देवी जिसी । क्षत्री महिला नगर समाजको तेश्रो साधारण सभा तथा प्रथम अधिबेशन शनिबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट उर्मिला केसीको अध्यक्षतामा ११ सदस्यीय बेनिनगर समिति चयन भएको छ । समितिको उपाध्यक्षमा गंगा थापा कार्की, सचिवमा मनुकुमारी बानियाँ, कोषाध्यक्षमा जमुना थापा, सह सचिवमा सुनिता केसी चयन हुनभएको छ ।
त्यसैगरी कार्यसमितिको सदस्यहरुमा सिता केसी, राधिका खत्री क्षेत्री, रिता थापा, सलिना भण्डारी खत्री, कमला घिमिरे, निरु भण्डारी, पार्वती बानियाँ, अनिता खत्री, सुशिला बानियाँ, सरिता बानियाँ केसी र अनिता कार्की चयन भएका छन् ।
कार्यक्रममा सिता थापा कुँवरले संस्थागत प्रतिबेदन, सचिव सिता कार्की बानियाँले प्रगति र कोषाध्यक्ष रेखा कुँवरले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । क्षत्री समाज नेपालका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि अमृता देवी बानियाँले जिल्लामा जातिगत संगठनहरु धेरै स्थापना भएपनि क्षत्री महिला नगर समाजले आफ्नो छुट्टै पहिचान बनाउने कुरामा आफु बिश्वस्त रहेको बताउनुभयो ।
बेनि नगरपालिकाका निवर्तमान उपमेयर सञ्जु बरुवालले क्षेत्री समाज म्याग्दीको सफलताको खुड्किलो क्षत्री महिला समाज भएको बताउनुभयो । त्यसैगरी क्षत्री समाज म्याग्दीका अध्यक्ष लक्ष्मी कुमारी केसीले महिलाहरुको क्षमता बिकासका लागी तालिम तथा सशक्तिकरणका विभिन्न कार्यक्रम अगाडी बढाइने बताउनुभयो ।
क्षत्री समाज म्याग्दीका संस्थापक अध्यक्ष एकेन्द्र रावलले राजनैतिक रुपमा फरक सिद्दान्त र बिचार ग्रहण गरेपनी क्षेत्री समाजको भवन भित्र प्रवेश गरेपछि केवल क्षत्रीको रुपमा मात्र रहेर एकढिक्का हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा कमला जिसी, संचारिका समुह म्याग्दीका संयोजक देवी जिसी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा पुरानो कार्य समितिका पदाधिकारी र सस्यहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रम क्षत्री नगर समितिका अध्यक्ष सिता कुँवर थापाको अध्यक्षता, गंगा थापा कार्कीको स्वागत र सिता बानियाँ कार्कीको संचालनमा सम्पन्न भएको थियो ।