ईच्छा स्मृति ५ औँ एभरग्रीन कपको उपाधि आयोजकलाई

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा संचालित ईच्छा स्मृति ५ औँ एभरग्रीन कप सेभेन ए साइड फुटबल प्रतियागीताको उपाधि आयोजकले जितेको छ । एभरग्रीन युथ क्लवको आयोजनामा भदौ १ गतेदेखि बेनीको खुल्लामञ्चमा संचालन भएको प्रतियोगीताको शनिवार भएको फाइनल खेलमा एभरग्रीन युवा क्लवले मालिका युवा क्लव सहश्रधारालाई पेनाल्टी सुटआउटमा पराजित गरि उपाधि हात पारेको हो ।

प्रतियोगीतामा विजेताले नगद रु ८५ हजार ५५५ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै उपविजेताले नगद रु ४५ हजार ५५५ मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । प्रथम पुरस्कार स्वर्गीय इच्छा भण्डारीका परिवार र द्वितिय पुरस्कार धवलागिरी गाउँपालिका ४ घर भई हाल अमेरिकामा रहेका भिमराज पुनले प्रायोजन गर्नुभएको थियो ।

प्रतियोगीतामा पश्चिम म्याग्दी युवा क्लव दरवाङ अनुशासित टिम घोषित भई नगद रु १० हजार प्राप्त गरेको छ । एभरग्रीन क्लवका कमल थापा मगर उत्कृष्ट खेलाडी आशिष गुरुङ उत्कृष्ट डिफेन्डर, सन्दिप शेरपुन्जा उत्कृष्ट कोच र निशान राम्जाली उत्कृष्ट गोल रक्षकको अवार्ड जितेका छन । मालिकाका राहुल थापा उत्कृष्ट मिडफिल्डर र एभरग्रीनका मनिष श्रेष्ठ ६ गाले सहित सर्वाधिक गोलकर्ता बनेका छन ।

विजेता र उपविजेतालाई गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङ्गे) र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले पुरस्कार वितरण गर्नुभएको थियो ।
मन्त्री गुरुङले बेनीको खुल्ला मञ्च खेलमैदान निर्माण तथा व्यवस्थापनका लागि युवा तथा खेलकुद मन्त्रालयबाट चालु आर्थिक बर्षमा ८ लाख रुपैयाँ बिनियोजन भएको बताउनुभयो ।

मन्त्री गुरुङले मन्त्रालयको तर्फबाट आयोजकलाई रु ५० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो भने क्लवलाई खेलकुदका सामाग्री पनि सहयोग प्रदान गर्नुभएको एभरग्रीन युवा क्लवका अध्यक्ष निराज राम्जालीले बताउनुभयो ।

समापन समारोहको अवसरमा जिल्लाको फुटबल खेलमा अतुलनीय योगदान पु¥याएको भन्दै जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष कृष्ण कुमार विश्वकर्मा र फुटबल खेलाडी दोरण शेरचनलाई सम्मान गरिएको क्लवले जनाएको छ । प्रतियोगीतमा विभिन्न २७ टिमको सहभागीता रहेको थियो । तस्विरः धिरन खत्री

 

You can share this post!

केवाईसी घतानको अध्यक्षमा राजिन पुरी

नेपाल जेसीजको आगामी क्षेत्र ‘ख’ सम्मेलन म्याग्दीमा

Related posts