तिजको दिन बेनीमा सांगीतिक रमझम

म्याग्दी । नेपाली नारीहरुको महानपर्व हरितालिका तिज २०७९ को पावन अवसरमा महिला उद्यम विकास समिति म्याग्दीले तिज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

समितिले भदौ १४ गते तिजको दिन खुल्ला मौलिक तिज गीत प्रतियोगीता संचालनगरि विविध सांस्कृतिक कार्यक्रम सहित तिजलाई रमझम बनाउने तयारी गरेको हो ।

उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ भन्ने मुल नारा सहित समितिले परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ प्रतियोगीताको आयोजना गर्न लागेको जनाएको छ ।

तिज मनाउने सन्दर्भमा पछिल्लो समय मौलिकता हराउँदै गएकाले हाम्रा अमूल्य संस्कार र संस्कृतिको संरक्षण गर्नका लागि तिज गीत प्रतियोगीता सहित तिज विशेष कार्यक्रम आयोजना गरिएको महिला उद्यम विकास समिति म्याग्दीका सभापति लक्ष्मी भण्डारी कार्कीले बताउनुभयो ।

प्रतियोगीतामा प्रथम पुरुकार १५ हजार, द्वितिय पुरस्कार ८ हजार, तृतिय पुरस्कार ५ हजार र सान्त्वना पुरस्कार २ हजार रहेको सभापति कार्कीले बताउनुभयो । उहाँका अनुसार मौलिक तिजको भाकामा गीत प्रस्तुत गर्नुपर्ने छ । एक समुहमा दुई देखि ४ जनाले सहभागीता जनाउन सक्नेछन भने समसामयिक विषयबस्तुका गीतलाई प्राथमिकता दिईनेछ ।

भाद्र १३ गते साँझ सम्म म्याग्दी उद्योग वाणिज्य संघको कार्यालयमा नामदर्ता गर्न सकिने छ । जिल्ला समन्वय समितिको सभाहलमा संचालन हुने प्रतियोगीतामा भागलिन तथा उपस्थित भैदिन पनि जिल्लाका आमा समुह, संघ, संस्था, दिदी बहिनीहरु लगायत कलाकारहरुलाई समितिले अनुरोध गरेको छ ।

समितिले भदौ १३ गते कार्यालयमा तिज विशेष कार्यक्रमको उद्घाटन तथा दरखाने कार्यक्रमको आयोजना समेत गरेको छ ।

 

You can share this post!

धनजनता माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा मदन मल्ल चयन

संगीतकर्मी संघले बेनीमा तिज गीत प्रतियोगीता आयोजना गर्ने

Related posts