म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको क्षेत्र ‘क’ र ‘ख’ को कार्यसमितिले मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम जिल्ला समितिमा सिफारिस गरेको छ ।
सोमबार बेनीमा भएको प्रदेश क को भेलाले प्रत्यक्षतर्फ हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्या. मिनबहादुर कार्की, क्या. डमबहादुर गर्बुजा र समानुपातिक तर्फ विमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम सिफारिस गरेको हो ।
त्यस्तै क्षेत्र ख को सोमबार दरवाङमा बसेको भेलाले प्रत्यक्षतर्फ मनमोहन बुढाथोकी छन्त्याललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरि सिफारिस गरेको छ । प्रतिनिधि सभाको समानुपातिकमा युवा नेता श्रीप्रसाद रोकामगरलाई सिफारिस गरेको छ ।
प्रदेश समानुपातिक तर्फ खिमबहादुर पुर्जा, देवीकुमारी बुढा, यामबहादुर हर्मेल, तमबहादुर थापा, तेजिन्द्र थापा, कमरा पेटल र अपाङ्गताबाट सुरेन्द्र खत्रीलाई सिफारिस गरिएको छ । आकांक्षी उम्मेदवारको नाम जिल्ला हुदै प्रदेश समितिमा पठाईने नेपाली काँग्रेस म्याग्दीले जनाएको छ ।