प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकमा एमालेबाट २५ जना उम्मेदवार आकाङ्क्षी

म्याग्दी । म्याग्दीमा नेकपा एमालेबाट आसन्न निर्वाचनमा प्रदेशसभा सदस्य उम्मेदवारका लागि २५ जना आकाँक्षी देखिएका छन् । शनिबार प्रदेशस्तरी बैठकमा प्रत्यक्ष र समानुपातिक तर्फबाट उम्मेदवार बन्न इच्छुकहरुले दावि प्रस्तुत गरेका हुन् ।

नेकपा एमालेबाट प्रदेश सभा (क) मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेताहरु सन्तोष रावल, किरण सापकोटा, लोक भण्डारी, नारायण जिसी, हेमकुमारी पुन शिवकुमार बरुवाल, प्रकाश पौडेलले दावि पेश गर्नुभएको छ ।

समानुपातिकतर्फ विष्णु गुरुङ, गणेशबहादुर बानियाँ, जीवन विक, जफर हुसेन, खड्ग गिरी, यामकुमारी गर्वुजा, र सिवानी ल्वागुनले दावि गर्नुभएको एमाले म्याग्दीले जनाएको छ ।

प्रदेशसभा क्षेत्र (ख) को प्रत्यक्षर्फ एमाले गण्डकी प्रदेश अध्यक्ष तथा संविधानसभा सदस्य नवराज शर्मा, प्रदेश कमिटि सदस्य रामचन्द्र गौतम, नेताहरु यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा र यसोदा रोकाले उम्मेदवार बन्न आकाङ्क्षा देखाउनुभएको छ ।

समानुपातिकतर्फ खरमाया विटालु, सिर्जना केसी, सिता गुरुङले दावि गर्नुभएको छ । प्रदेशसभाको क्षेत्रले सिफारिस गरेका, प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकका आकाङ्क्षीहरुको नाम सोमबार बस्ने जिल्ला कमिटी बैठकमा पेश गरि छलफल गरिने एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र केसीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिकका आकांक्षीहरुले सोमबारको जिल्ला बैठकमा उम्मेदवार दावी प्रस्तुत गर्नेछन् ।

You can share this post!

तेक्वान्दोमा परियार र बर्देवाले स्वर्ण पदक जिते

मंगोलबाट प्रतिनिधिसभामा ओमराज मगरको नाम सिफारिस

Related posts