म्याग्दी । सांगीतिक कार्यक्रमका लागि जापानमा रहनुभएकी लोक दोहोरी गायीका अमृता श्रीपालले व्यक्तिगत सुरुक्षाको माग गर्दै राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान जापान शाखामा उजुरी दिनुभएको छ ।
धवलागिरी दोहोरी साँझ जापानको स्पोन्सरमा सांगीतिक कार्यक्रमका लागि अगस्ट १३ तारिखमा जापानको ओसाका जानुभएकी गायीका श्रीपालले दोहोरीका संचालक बाग्लुङ घर भएका धन थापाले विभिन्न किसीमको टर्चर दिने, कार्यक्रममा गएको कमिसन माग्ने, तथा भौतिक रुपमा यातना दिने गरेकोले आवश्यक सहयोग गरिदिन भन्दै प्रतिष्ठान जापान शाखालाई .निवेदन गर्नुभएको हो ।
गायीका श्रीपालले आफुलाई र म्याग्दीमा रहेको परिवारलाई समेत थापाले विभिन्न धम्की दिने गरेको निवेदनमा उल्लेख गर्नुभएको छ । अझै दुई महिनाको भिसा भएकाले जापानको सहज तरिकाले कार्यक्रम गर्ने व्यवस्था मिलाईदिन समेत उहाँले प्रतिष्ठान समक्ष अनुरोध गर्नुभएको छ ।
थापाको यातनाले मानसिक, तथा भौतिक रुपमा समेत पीडा भएको छ, मलाई उचित न्याय र सुरक्षाको प्रत्याभुति दिलाईदिन माग गर्दछु गायीका श्रीपालले उजुरीमा उल्लेख गर्नुभएको छ । यसैगरि गायीका श्रीपालले सोही व्यहोराको निवेदन सहित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान संग पनि सहयोग माग्नुभएको छ ।