जोमसोममा कार्यरत बैंकका कर्मचारीलाई डेंगुसहित कोरोना संक्रमण पुष्टि

हिमाली जिल्ला मुस्ताङको जोमसोममा कार्यरत एक बैंकका कर्मचारीलाई डेंगुसहित कोरोना संक्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार जोमसोमस्थित साग्रिला डेभलमेन्ट बैंकमा कार्यरत एक पुरुष कर्मचारीमा डेंगुसहित कोरोना देखिएको हो।
पोखरामा स्वास्थ्य परीक्षण गर्दा डेंगुसहित कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । स्वास्थ्य कार्यालयका अनुसार डेंगुसहित कोरोना पुष्टि भएका ती कर्मचारी मुस्ताङबाट दसैं अघि कार्तिक ३ गते घर गएका थिए ।
स्वास्थ्यमा केही समस्या देखिएपछि पोखरा बसपार्कस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा डेंगु पोजिटिभ देखिएको हो । त्यसपछि ती कर्मचारीको पश्चिामञ्चल क्षेत्रीय अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको जानकारी आएको स्वास्थ्य प्रमुख भण्डारीले जानकारी दिए ।
उनले आफू कार्यरत बैंकका कर्मचारीलाई समेत सुरक्षित होम क्वारेन्टाइनमा रहेर सजगता अपनाउन आग्रह गरेका छन्। संक्रमित बैंकका कर्मचारीको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको र आफू सुरक्षित सोलेससनमा बसेको जानकारी गराएका छन् ।मुस्ताङमै कार्यरत रहेका बैंकका कर्मचारीलाई कोरोना पोजिटिभको रिपोर्ट आएपछि मुस्ताङमा कोरोना जोखिम बढेको स्थानीय बताउँछन् ।सरकारले पछिल्लो समय निशेधाज्ञा हटाएपछि मुस्ताङमा कर्मचारी ,शिक्षक ,जनप्रतिनिध ,विभिन्न संघसंस्थालगायतका व्यक्तिको आउजाउ बढेसँगै कोरोनो जोखिम बढेको मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले स्पष्ट पारे.

You can share this post!

रिजालको उपचारमा दक्षिण कोरीया रहेका म्याग्देली मार्फत ८४ हजार ७ सय ४३ रुपैयाँ सहयोग

आजको पूर्ण चन्द्रमा

Related posts