एएआरएनए सेन्दाईको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए क्षेत्रिय समिति सेन्दाईको आयोजना तथा रेडक्रस सोसाईटी जापानको ब्यबस्थापनमा आज जापानको सेन्दाईमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना कहरको तेस्रो लहर सुरु भए संगै शुरु भएको रगत अभावलाई सहज गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा नेपाल, जापान, श्रीलङ्का सहित बिभिन्न देशका गरेर करिब ७० जनाले रक्तदान गरेको एनआरएनए सेन्दाईका अध्यक्ष हरी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

एनआरएनए सेन्दाईको बार्षिक कार्यक्रम अन्तरगत आयोजित उक्त कार्यक्रमको सह आयोजक नेपाली जनसम्पर्क समिति तोहोकु, प्रबासी नेपाली मञ्च मियागी तथा जनप्रगतिशिल मन्च सेन्दाई रहेका थिए । उक्त कार्यक्रम बाट करिब ५० युनिट रगत जम्मा भएको रेडक्रस सोसाईटी सेन्दाईले बताएको छ ।

कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्र बितरण गर्दै प्रमुख अतिथी खाचुकी आकाईसिजावा ले नेपाली समुदायको यो कार्यले जापानी र नेपाली समुदायको बिचमा थप भातृत्वको बिकाश र आत्मियता सुदृढ गरेको बताउनुभयो ।

उहाँले संकलित रगतले विरामीहरुको स्वास्थ्यमा महत्वपुर्ण सहयोग पुग्ने बिश्वास लिएको बताउदै आगामी दिनमा यस्ता सामाजिक कामहरुमा नेपाली समुदाय संग निरन्तर सहकार्य गर्ने प्रतिबद्दता जनाउनुभएको छ ।

You can share this post!

बेनीमा डेंगु सार्ने लामखुट्टेको खोजी र नष्ट अभियान

रघुगंगामा सुआहाराको सिकाइ आदानप्रदान, पोषणमा सुधार ल्याउने प्रतिबद्धता

Related posts