म्याग्दीका विद्यालयहरुले शुरुगरे ११ कक्षाको आंशिक तथा ग्रेड वृद्धि र नियमित परिक्षा संञ्चालन

म्याग्दीमा विद्यालयहरुले कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि र नियमित परिक्षा संञ्चालन शुरु गरेका छन् । राष्ट्रिय परिक्षा बोर्डले जारी गरेको कक्षा ११ को परिक्षा सञ्चालन तथा प्रमाणीकरण कार्यविधि–२०७७ को परिधिमा रहेर विद्यालयहरुले परिक्षा सञ्चालन शुरु गरेका हुन् ।
कोरोना माहामारीका कारण परिक्षा तालिका सार्वजनीक भए पनि रोकिएको थियो । विद्यालयले परिक्षा सञ्चालन गरेर मंसीर ८ गते भित्र कपि र नम्बर राष्ट्रिय परिक्षा बोर्डमा पठाउने भने सँगै विद्यालयले परिक्षा सञ्चालन शुरुगरेका हुन् । बेनी नगरपालिका ५ मा रहेको पौलस्त्य मावि भिरमुनि र पुलाचौरमा रहेको जनकल्याण माविले परिक्षा सञ्चालन शुरु गरी सकेका छन् । म्याग्दीको बेनी नगरपालिका सहित बाँकि अन्य गाउँपालिकाका विद्यालयहरुले भने कार्तिक २३ गते देखि परिक्षा सञ्चालन गर्ने तयारी गरी रहेका छन् ।
कोरोना भाइरसले माहामारीको रुप लिन थालेपछि म्याग्दीमा बेनी नगरपालिका भित्र कार्तिक–२१ गते राति १२ बजे सम्म लक डाउनगरीएको छ । बेनी नगरपालिमा भित्र लकडाउन गरीए पनि विद्यालयहरुले राष्ट्रिय परिक्षा बोर्डको कार्य विधि–२०७७ मा टेकेर परिक्षा सञ्चालन गरीरहेका छन् । विद्यालयमा परिक्षा सञ्चालन भए सँगै कोरोना भाइरस नियन्त्रणका लागि सुरक्षा चुनौति थपिएको छ । हिजोबाट परिक्षा शुरु गरेको पौलस्त्य माविले हिजो एक बेन्चमा २ जना राखेर परिक्षा सञ्चालन गरेपनि आज देखि १ बेन्चमा एक जना राखेर, भाैतिक दुरी कायम गरी परिक्षा सञ्चालन गरीरहेको पौलस्तत्य माविका शिक्षक देवि प्रसाद शर्माले बताउनु भयो । विद्यालयहरुलाई राष्ट्रिय परिक्षा बोर्डले परिक्षा सञ्चालन गर्न अनुमति दिए सँगै सामाजिक दुरी कायम राखेर माक्स र सेनिटाइजरकाे प्रयाेग गरी परिक्षा सञ्चालन गर्न अनुरोध गरेको शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाले बताउनु भयो ।

You can share this post!

प्रधानमन्त्री नपाए पार्टी फोड्ने योजनामा प्रचण्ड

अनेरास्ववियू म्याग्दीद्धारा कोभिड नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम

Related posts