म्याग्दी । जनसमाज युवा क्लव मंगला गाउँपालिका –२ दरुङको आयोजनामा बडा दसैं मेला तथा वडा स्तरीय खेलाडी छनौट प्रतियोगिता सम्पन्न भएको छ । क्लवद्वारा आयोजित पुरुष भलिबल प्रतियोगितामा साबिकको वडा ९ दरुङको जनसमाज युवा क्लवले प्रथम र मंगला युवा क्लब बाबियाचौरले द्वितिय स्थान हासिल गरेका छन ।
प्रतियोगितामा विजेतालाई नगद रु बिस हजार ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेतालाई नगद रु बाह्र हजार ट्रफी,मेडल र प्रमाणपत्र द्वारा पुरस्कृत गरिएको क्लवका सचिव सुरेन्द्र किसानले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट स्पाइकर सुरेश किसान, उत्कृष्ट सेटर राज कुमार बि.क.र उत्कृष्ट डिफेन्डर अबिनास पुन लाइ ट्रफी मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ ।
प्रतियोगिताबाट १५ जना खेलाडीहरुलाई वडा नम्वर २ को वडा स्तरीय खेलाडीको रुपमा छनौट समेत गरिएको म्याग्दी जिल्ला भलिबल संघका महासचिव तथा भलिबल प्रशिक्षक कुमार किसानले बताउनुभयो । छनौट प्रतियोगिताको रुपमा संचालन गरिएको उक्त खेलबाट साविकको बाबियाचौर गाविस अन्तरगत रहेका खेलाडीहरु मध्य १५ जनालाई उत्कृष्टताको आधारमा वडाको टिममा सहभागीहुने गरि आधिकारिक रुपमा वडा स्तरीय खेलाडी घोषणा गरिएको भलिबल संघका मंगला गाउँपालिका समिति अध्यक्ष मुक्तमान केसीले बताउनुभयो ।
सोही अवसरमा गत बर्ष निर्माण भएको क्लवको खेलमैदान समेत उद्घाटन गरिएको छ । जग्गा खरिद गरि वडा कार्यालय, जनप्रतिनिधिको व्यक्तिगत तथा देशविदेशमा रहेका दरुङबासीहरुबाट आर्थिक संकलन गरि निर्माण गरिएको खेलकुद मैदानको कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मंगला गाउँपालिका –२ का अध्यक्ष धन बहादुर खाती क्षेत्रीले उद्घाटन गर्नुभएको हो ।
खेलकुद मैदान निर्माण लागि आर्थिक सहयोग गर्ने तथा प्रतियोगिता संचालनका लागि सहयोग गर्ने सवैप्रति क्लवले सम्मान गरेको छ । आयोजनामा आर्थिक नैतिक र भौतिक रुपमा सहयोग गर्नुहुने सहयोगी माहानुभाबहरु, जनप्रतिनिधि र आमा समुह लगायत अन्य सम्पुर्ण प्रति हार्दिक आभार एबम धन्यवाद प्रकट गर्दछौँ, क्लव अध्यक्ष दिपक नेपालीले भन्नुभयो ।
कार्यक्रममा मंगला गाउ कार्यपालिका सदस्य सरस्वती, वडा सदस्य धन कुमारी किसान, जिल्ला भलिबल संघका महासचिव कुमार किसान, संघका पालिका समिति अध्यक्ष मुक्तमान केसी लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला भलिबल संघले निकट भविस्यमानै आयोजना गर्न लागेको जिल्ला स्तरीय भलिबल प्रतिगोगितका सहभागीहुनका लागि पहिलोचरणमा वडातहमा छनौट गर्ने योजना अनुसार खेलाडी छनौट गरिएको भलिबल प्रशिक्षक समेत रहनुभएका भलिबल संघका महासचिव किसानले बताउनुभयो । उक्त टिम पालिका स्तरीय खेलमा खेल्ने छ र प्रत्यक पालिकाबाट एक टिम छनौट भई जिल्ला स्तरीय खेलमा सहभागी हुनेछन । कार्यक्रम कलव अध्यक्ष दिपक नेपालीको अध्यक्षता, सचिव सुरेन्द्र किसानको संचालनम सम्पन भएको थियो ।