मोना अन्तराष्ट्रियको आठौँ साधारण सभा सम्पन्नः उत्पादनमुखि लगानीमा जोड

म्याग्दी । प्रवासी म्याग्देलीको दृष्टि, समृद्ध म्याग्दीको सृष्टि भन्ने मुख्य उद्देश्य सहित स्थापित म्याग्दी प्रवासी नेपाली संघ (मोना) को आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार धवलागिरि गाउँपालिका वडा नम्वर ७ ताकममा आयोजित साधारणसभाको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष पुनले जिल्लाको विकासका लागि प्रवासी म्याग्देलीहरुको ठुलो देन रहेको भन्दै मोनाले प्रवासबाट एकताको सन्देश समेत प्रवाह गरेको बताउनुभयो । म्याग्देलीको दुख, विपत्ती तथा सवै परिस्थितिमा मोनाले सघाउदै आएकोमा खुसी व्यक्त गर्नुहुँदै अध्यक्ष पुनले अव प्रवासको ज्ञान, सिप र क्षमतालाई आफ्नै देशमा आएर उपयोगमा ल्याउन समेत अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै मोनाका संस्थापक अध्यक्ष प्रकाश पुनले जिल्लाको विकासमा प्रवासी तथा जिल्लाबासीको समन्वय, सहकार्य र एकता हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख संरक्षक ओमनारायण जुग्जालीले जिल्लामा लगानी गर्ने वातावरण सृजना गराउन स्थानीय सरकारहरुको भूमिका रहने भन्दै साझेदारीमा कार्यक्रम गर्ने योजना अघि सार्न आग्रह गर्नुभएको थियो ।

मोना अन्तराष्ट्रियका संस्थापक सदस्य तथा नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले मोनाले शिक्षा, स्वास्थ्य, विपत लगायतका क्षेत्रमा अतुलनिय योगदान पु¥याएको बताउनुभयो । सामाजिक सेवा सहित उत्पादनको क्षेत्रमा पनि लगानी बढाउन आवश्यक रहेको उहाँको भनाई थियो ।

नेपाली काँग्रेस म्याग्दीका सभापति खम्विर गर्वुजा र नेकपा माओवादीका जिल्ला संयोजक रेशम जुग्जालीले जिल्लाको भौगोलिक अवस्था र त्यहाँको सम्भावना अनुसार उत्पादनका लागि लगानी गर्नुपर्नेमा जोड दिनुभयो । मालिका गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्बुजाले लगानी सुरक्षाको नीति बनाई पालिकाले मोना संग सहलगानी र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा धवलागिरि गाउँपालिका वडा नम्वर १ का अध्यक्ष झक बहादुर छन्त्याल, ६ का अध्यक्ष राजाराम सुवेदी, ७ का अध्यक्ष अशोक खत्री, मोनाका संरक्षक चक्र बहादुर थापा, एसिया प्यासिफिक संयोजक दिपक कार्की, मोना जापानका पूर्व अध्यक्ष तेजेन्द्र थापा, विधान संयोजक तिलक मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम सुरुहुनुपूर्व विभिन्न झाँकीहरु सहितको ¥यालीले ताकम गाउँ परिक्रममा सहित गरिएको थियो । कार्यक्रम मोना अन्तराष्ट्रियका अध्यक्ष अमर छन्त्यालको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष ददिवल खड्काको स्वागत र सचिव सुवोध वरुवालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा मोनाका विभिन्न देशबाट सहभागी भएका थिए । जिल्लाका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष छन्त्यालले समग्र म्याग्दी जिल्लाको समृद्दि र उन्नतिका लागि स्थानीय सरकारसंगको समन्वयमा कृषि, पर्यटन, र उर्जाको क्षेत्रमा उत्पादन वृद्धि गर्न आर्थिक तथा प्राविधिक सहयोग गर्ने बताउनुभयो ।

उहाँले पालिका भित्रको विकासको सम्भावना, लगानी गर्न सकिने क्षेत्रको पहिचान तथा कला संस्कृतिको उजागर गर्न जिल्लाका सवै पालिकामा मोनाको बार्षिक साधारणसभा गर्ने योजना अनुसार यो बर्ष धवलागिरिमा आयोजना गरेको जानकारी दिनुभयो । अध्यक्ष छन्त्यालले प्रतिकुल मौसमको बाबजुत पनि कार्यक्रममा सहभागी हुनुभएको सम्पूर्ण अतिथि तथा सहभागीहरु, र कार्यक्रम सफल बनाउन सहयोग पु¥याएकोमा स्थानीय जनप्रतिनिधि, क्लव, आमा समुहलगायतलाई आभार समेत प्रकट गर्नुभएको थियो ।

You can share this post!

अर्थुङ्गे युवा क्लवको आयोजनामा छैठौ अर्थुङ्गे कप फुटवल प्रतियोगिता सुरु,

म्याग्दीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु

Related posts