पर्वत बसेर म्याग्दीमा नेटवर्किङ व्यवसाय सञ्चालन गरी ठगी गर्ने तिन जना प्रकाउ

जिल्ला प्रहरी कार्यालय म्याग्दीले म्याग्दी सदरमुकाम बेनी नजिकै जोडिएको जलजला गाउँपालिका–०७ मिलनचोकमा बसोबास गरेर म्याग्दीमा नेटोर्किङ ब्यवसाय मार्फत ठगी गरीरहेका तिन जनालाई प्रकाउ गरेको छ । भारतिय कम्पनी ओरियन्स ग्लोबल मार्केटीङमा उत्पादन गर्दै आएका बिभिन्नखालका (डाइट्री) फुड सप्लिमेन्टहरु नेपालमा ल्याई ठगीको धन्दा चलाएका तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पर्वतको जलजला गाउँपालिका –७ मिलनचोकका होमनाथ जैसी, सोही स्थानका सरोज शर्मा र काठमाडौं महानागर पालिका–४ टोखा बस्ने प्रदिप रिजाललाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुले विभिन्न व्यक्तिहरुलाई आम्दानी हुने प्रलोभनमा पारी, सुबिधा सम्पन्न अस्पताल र औषधीले समेत निको हुन नसकेका रोगहरु छोटो समयमा नै निको पार्ने जस्ता प्रलोभन देखाई निश्चित परिमाणमा फुड सप्लिमेन्ट किन लगाई सदस्यता लिन लगाएर ठगिको धन्दा नै सञ्चालन गरेको जिल्ला प्रहरी कर्यालय म्यागदीका प्रमुख किरण जंग कुवरले बताउनु भयो । उनिहरुले १४३ जनालाई सदस्यता बनाएर ठगीको गिरोह नै सञ्चालन गरेको अनुसन्धानको क्रममा खुलेको छ । कति मात्रामा ठगि गरेका छन् भन्ने विषय अनुसन्धान कै क्रममा रहेको कुवरले बताउनु भयो ।
जिल्ला प्रहरी कर्यालय म्याग्दीमा निजहरुले कम्पनीको नाममा ठगीको धन्दा चलाएको भन्दै परेको उजुरीका आधारमा प्रकाउ गरेर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ अन्तर्गतको ठगी मुद्धामा अनुसन्धान सुरुवात गरेकोमा हाल कानुनी क्षेत्र अधिकार अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वतमा सोही शिर्षकमा अनुसन्धान हुनेगरी पठाईएको हो । बस्तुको प्रत्यक्ष बिक्री ( व्यवस्थापन तथा नियमन गर्ने ) ऐन, २०७४ बमोजिम पिरामिडमा आधारित व्यवसायसञ्चालन गर्न नपाउने व्यवस्थाको रहेको छ तर निजले पिरामिडमा आधारित व्यवसाय समेत सञ्चालन गरेको देखिएकोले थप अनुसन्धानको लागि बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाण्डौमा पठाईएको कुवरले बताउनु भयो ।
सो व्यवसाय मार्फत सोझा सिधा व्यक्तिहरु घरमै बसी पैसा कमाईने नाममा ठगिने, आवश्यकतानै नरहेका वस्तुहरुको खरिद हुने, क्रय शक्ति कमजोर हुने हुन्छ भने अर्काे तर्फ आवश्यकता नै नरहेका बस्तुको आयातबाट अर्थतन्त्रमा ठुलो चुनौति थपिने हुनाले कोही पनि सो व्यवसाय तर्फ आकर्षित नहुन र कसैले सो व्यवसाय अन्तर्गत सदस्य बनाउन खोजेको अवस्थामा तत्काल प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालय म्याग्दीले अनुरोध समेत गरेको छ ।

You can share this post!

विभाग बनाइसकेँ, अरु विषयमा छलफल गर्न तयार छुः देउवा

२५ अर्बको ऋण तिरिदिन आग्रह सहित जहाज खरिदका लागि ५ अर्ब माग

Related posts