प्रचण्डको स्पष्टीकरण चित्तबुझ्दो भएन, बाजा बजाउनेको खोजी गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका समयमा बाजा बजाएको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताएको छ ।

२३ असोजमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ मा पुग्दा बाजागाजा समेत गरिएको थियो । यसबारे आयोगले सोधेको स्पष्टीकरणमा प्रचण्डले कसले बजायो भन्ने थाहै नभएको जवाफ दिनुभएको थियो ।

तर आयोगले यो स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै त्यसमा कोको व्यक्ति थिए रु प्रचण्डले लगेका हुन् वा होइनन् भनेर खोजबिन गर्न मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

You can share this post!

गठवन्धनका उम्मेदवार विरुद्ध आचारसंहिता विपरित पैसा बाँडेको उजुरी

निर्वाचन आयोगले रोक्यो प्रधानमन्त्री देउवाको डडेल्धुरा यात्रा

Related posts