एमाले उम्मेदवार श्रेष्ठ र कटुवालको प्रतिवद्धताः ‘जिल्लाको मुहार फेर्छाैँ फेर्छौँ’

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा सदस्यका उम्मेदवार देवेन्द्र बहादुर कटुवालले विकास र परिवर्तनको लहरले जिल्लाको मुहार फेर्ने बताउनुभएको छ ।

मङ्गलवार नेकपा एमालेले बेनी नगरपालिका–९ घतान, र १० नम्बर वडा पात्लेखेतमा आयोजित चुनावीसभामा बोल्दै नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य समेत रहनुभएका प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रेष्ठले म्याग्देली जनताको आवश्यकता र भावना अनुसारको नीति निर्माण र कार्यान्वयनमा आफ्नो दरिलो उपस्थिति रहने बताउनुभयो ।

उहाँले शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार, खेलकुद, कृषि, पर्यटनलगायत विविध क्षेत्रको विकास गर्ने उद्देश्यसहित निर्वाचनमा उठेको बताउँदै म्याग्दीवासी आम जनतालाई आफ्नो अमूल्य मत दिएर विजयी बनाउन आग्रह गर्नुभयो ।

उहाँले जिल्लामा संचालनमा रहेका सडक, विद्युत, अस्पताल, विद्यालय भवन लगायतका ठुला आयोजनाहरुलाई समयमै सम्पन्न गराउन निर्देशनात्मक पहल गर्ने, युवाहरलाई स्वरोजगार बनाउन उत्पादनमैत्री नीति बनाउन पहल गर्ने, जोखिमयुक्त बस्तीको दीर्घकालिन संरक्षणका लागि आवश्यक वजेटको व्यवस्थापन गर्न पहल गर्ने लगायतका प्रतिवद्धता जनाउनुभएको छ ।

सोही कार्यक्रममा प्रदेशसभा (क)का उम्मेदवार एमाले जिल्ला कमिटी अध्यक्ष देवेन्द्र बहादुर कटुवालले राष्ट्रियताको सवाल र जनजीविकाको पक्षमा एमालेको स्पष्ट भिजन रहेको बताउँदै आउँदो निर्वाचनमा एमालेको पक्षमा मतदान गर्न मतदाताहरुलाई आह्वान गर्नुभयो ।

उहाँले यसअघि आफू जनप्रतिनिधिको हिसाबले जिल्लालाई नजिकबाट बुझ्नुका साथै जिल्लाको विकास निर्माणमा आवश्यक पहल गरेको बताउँदै थप योगदानका निम्ती जनतासँग हातेमालो र विकास गर्नेगरी पुनः चुनावी मैदानमा आएको बताउनुभएको छ ।

एमाले जिल्ला कमिटी उपाध्यक्ष बालकृष्ण सुवेदीले म्याग्दीमा एमालेको जित सुनिश्चित रहेको बताउँदै सुखी नेपाली र समृद्ध नेपालको सङ्कल्प पुरा गर्न एमालेले जित्नुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्यद्वय डिपी शर्मा, पशुपति शाही, बेनी नगर कमिटी अध्यक्ष एवं युवा नेता नारायण जिसी, जिल्ला सदस्य बेलबहादुर चोखाल, अनेरास्ववियुका नेता मिलन खत्री लगायतले मन्तव्य व्यक्त गर्नुहुँदै एमालका उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरि अत्याधिक बहुमतका साथ विजयी गराउन अनुरोध गर्नुभयो ।

नगर कमिटी सचिव सुवास विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रम एमालेका स्थानीय नेताहरु बुद्धिबहादुर चोखाल, कृष्ण मल्ल र बाबुराम सुवेदीले अध्यक्षता गर्नुभएको थियो ।

You can share this post!

भोट माग्दै कृषकका खेतबारीमा एमालेका उम्मेदवार (तस्विर सहित)

जनप्रिय माविको नवनिर्मित भवन उद्घाटनः पठनपाठनमा सहज हुने सहभागीको भनाई

Related posts