म्याग्दी प्रदेशसभा (ख) मा नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली विजयी

म्याग्दी । म्याग्दी जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट प्रदेशसभा सदस्यमा पाँच दलीय गठवन्धनबाट नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली सुविन विजयी हुनुभएको छ ।

मंगलबार बेलुकी सम्पन्न मतगणनाको मत परिणाम अनुसार जुग्जालीले कुल ९ हजार ४ सय ५४ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार याम बहादुर गर्वुजाले ९ हजार ३ सय ५३ मत प्राप्त गरि पराजित हुनुभएको छ ।

जुग्जालीले १०१ मतान्तरले जित हाँसिल गर्नुभएको हो । जिल्लाको मालिका गाउँपालिका ७ विम निवासी जुग्जाली नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक समेत हुनुहुन्छ ।

त्यस्तै प्रदेशसभा ख मा मंगोल नेश्नल अर्गनाईजेशनका उम्मेदवार डिके पुनले ६९६ मत प्राप्त गर्नुभएको छ । राप्रपाका मिठु कुमारी पुनले ५२५ मत र स्वतन्त्र उम्मेदवार देविन्द्र फगामीले १६९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र क को मतगणना जारी रहेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

 

You can share this post!

म्याग्दी प्रदेशसभा (ख) मा मंगला २ सम्मको मत परिणाममा एमालेका गर्वुजाको अग्रता

ताप्लेजुङमा एमालेका योगेश भट्टराई विजयी

Related posts