म्याग्दी सदरमुकाम बेनी बजारमा बेनी नगरपालिकाको आयोजनामा घरदैलो अभियान सञ्चालन भएको छ । सो घर दैलो अभियान अन्तर्गत स्थानिय बासीन्दाहरुलाई कोरनोना संक्रमण बाट रोक्नका लागि सपथ खुवाउने कार्य्रम पनि सञ्चालन भएको छ । सुन्दा अच्चम लाग्ने कोरोना रोक्नका लागि सपथ भन्दा तर नागरीकहरुाई जिम्मेवार बनाउनका लागि यो सपथ कार्यक्रम सञ्चालन गरीएको हो प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकरीले बताउनु भयो । कोरोना रोक्थामका लागि सरकारी क्षेत्रबाट मात्रै नभएर नागरीकहरु पनि जिम्मेवार बन्नु पर्ने भन्ने सन्देश दिनका पनि लागि यो सपथ कार्यक्रम सञ्चालन गरिएको अधिकारीले बताउनु भयो ।
म जनस्वाथ्य मापडण्ड पालना गर्छु, काेभिडकाे लक्षण भएमा वा संखा लागेमा अावश्यक शुरक्षा मापडण्ड पालना गरी पिसिअार परिक्षण गर्छु, म मेराे परिवार सँगै समाजलाइ काेराेना मुत्त समाज निमार्णमा सहयाेग गर्छु भनेर छातिमा हात राखि बेनी बजारमा बसाेबास गर्ने नागरीकलाइ जिम्मेवार पुर्ण बनाइ सपथ खुवाइएकाे जनस्वाथ्य कार्यलय म्याग्दीका प्रमुख एक नारायण लम्सालले बताउनु भयाे ।
कोरोना भइरसको संक्रमण समुदाय स्तरमा नै फैलिए पछि समुदाय स्तरमा संक्रमण फैलिनबाट रोक्न र पिसीआर परिक्षण्को दायरा बढाउनका लागि नगरपालिकाले घरदैलो कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनु भयो । घरदैलो कार्यक्रम अन्तर्गत बेनी नगरपालिका ७ र ८ बेनीबजार भित्र बसोबास गर्ने हरुमा कोभिड–१९ को लक्षण भए नभएको र स्वाथ्य अवस्थाका बारेमा जानकारी समेत लिईएर लक्षण देखिएका हरुको पिसीआर लिनेछौं श्रेष्ठले भन्नु भयो ।
अभियान अन्तर्गत वडा अध्यक्ष र सम्वन्धित वडाका स्वाथ्यकर्मीको नेतृत्वमा घरघरमा पुगेर स्वाथ्य अवस्थाका बारेमा जानाकारी लिने काम गरीन्छ । लक्षण भएका भेटीएमा तुरुन्तै पिसीआर चेक गरी होम क्वारेन्टाइनमा बस्न लगाउने नगरपालिकाको तयारी गरीरहेकोे छ ।