म्याग्दी । ‘जेसिज कप फुटवल म्याग्दीको सान–नव प्रतिभा पहिचान र क्षमता प्रस्फुटन’ भन्ने नारा सहित बुधबारदेखि बेनीको खुल्लामञ्चमा सुरु भएको २० औँ सस्करणको अन्तर मावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको पहिलो दिन आज ६ खेल सम्पन्न भएका छन ।
जिल्लाका विभिन्न १८ वटा माविहरुको सहभागीता रहेको प्रतियोगिता अन्तरगत न्यू वेष्ट पोइन्ट मावि र म्याग्दी एकेडेमी विच भएको पहिलो खेलमा १ गोल गर्दै न्यू वेष्ट पोइन्ट विजयी भएको छ । त्यस्तै बुद्ध एकेडेमी र बालमन्दिर आधारभूत विद्यालय विच भएको खेलमा निर्धारित समयमा खेल बराबरीमा सकिएपछि पेनाल्टीमा सुट आउटमा ५ का विरुद्ध ६ गोल गर्दै बालमन्दिर विजयी भएको छ ।
केवि एकेडेमी दरवाङ र लिटल गार्डेन एकेडेमी बेनी विच भएको तेस्रो खेलमा पेनाल्टीमा ४ का विरुद्ध ५ गोल गर्दै केवि विजयी भएको छ । निर्धारित समयमा दुवै विद्यालयले १÷१ गोल गरेका थिए । माउन्ट एभरेष्ट मावि र हेम मावि सिवाङ विच भएको खेल अत्यन्तै कडा प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा गोल रहित बराबरीमा खेल सकिएपछि पेनाल्टीमा ३ का विरुद्ध ४ गोल गर्दै माउन्ट विजयी भएको छ प्रतियोगिताका मूल संयोजक दिनेश बानियाँले जानकारी दिनुभयो ।
त्यस्तै चन्द्रकुन्ता किसानी मावि र भिम मावि विच भएको खेलमा २ का विरुद्ध ४ गोल गर्दै चन्द्रकुन्ता विजयी भएको छ । भने बुधबार भएको छैठौँ खेलमा बेनी बोर्डिङ सेकेन्डरी स्कुलले विजयी बनेको छ । बेनी बोर्डिङले जामुनाखर्क माविलाई ० का विरुद्ध २ गोल गर्दै पराजित गरेको संयोजक बानियाँले बताउनुभयो ।
बुधबार भएको खेलमा न्यू वेष्ट पोइन्टका सुमन थापा, बालमन्दिरका सविन खोरजा, केवि एकेडेमीका निखिल रोका, माउन्ट एभरेष्टका सनम विक, चन्द्रकुन्ता माविका अमृत रसाईली र बेनी वोर्डिङका अनेष भण्डरीले म्यान अफ द म्याचको पुरस्कार प्राप्त गर्नुभएको छ ।
२० औँ संस्करणको जेसज कप फुटबल प्रतियोगिताका विजेता विद्यालयलाई जेसिजकप रनिङ, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २५२ र उपविजेता विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ३२ हजार २३२ पुरस्कारको व्यवस्था गरिएको शाखा अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो । त्यस्तै सेमि फाइनलमा पुग्ने दुई टीमलाई नगद रु पाँच÷पाँच हजार पुरस्कार दिने निर्णय गरिएको छ । यो व्यवस्था भने पहिलो पटक गरिएको अध्यक्ष खत्रीले बताउनुभयो ।
त्यस्तै प्रतियोगिताको समापन समारोहमा जेसिज कप २००९ का उत्कृष्ट खेलाडी प्रकाश माविका सन्तोष छन्त्याल, सर्वाधिक गोलकर्ता माउन्ट एभरेष्टका विकास थापा र उत्कृष्ट गोलरक्षक न्यु वेष्ट पोइन्ट माविका लोकेन्द्र पुन लाई सम्मान गरिने भएको छ । यसैबर्ष देखि प्रत्येक बर्ष पुराना खेलाडीलाई सम्मान गर्ने योजना बनाएको र अर्को बर्ष २०१० का उत्कृष्ट खेलाडीलाई सम्मान गरिने शाखा अध्यक्ष खत्रीले बताउनुभयो । यसैगरि खेलाडीहरुलाई रु १ लाख सम्मको दुघर्टना विमाको पनि व्यवस्था गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी धमानसिंह अवार्ड, सर्वाधिक गोलकर्ता लक्ष्मी पुतली अवार्ड, उत्कृष्ट गोलरक्षक इन्द्र अर्वाड, उत्कृष्ट डिफेन्डर सरस्वति अवार्ड, उत्कृष्ट स्ट्राइकर रामजी अवार्ड, उत्कृष्ट मिडफिल्डर माया अवार्ड, राईजिङ प्लेयर धन अर्वाड, उत्कृष्ट कोच कृष्णप्रसाद एककुमारी अवार्ड, र अनुशासित टीम झलक खगेश्वरी अवार्ड नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको प्रतियोगिताका मुल संयोजक बानियाँले बताउनुभयो ।
प्रतियोगिताको टाईटल स्पोन्सर गौमती विकास कोष र प्रायोजकमा लालीगुराँस अफसेट प्रेस रहेको छ । इन्सोरेन्स पार्टनर रिलायवल नेपाल लाईफ र हेल्थ पार्टनरमा बेनी सञ्जिवनी हेल्थ क्लिनिक रहेको छ । सन २००१ बाट सुरु गरिएको अन्तर मावि जेसिजकप फुटवल प्रतियोगितामा हाल सम्म प्रकाश माविले ५ पटक, बेनी बोर्डिङले ५ पटक, माउण्ट एभरेष्ट आवासीय माविले ४ पटक र न्यू वेष्ट प्वाईन्ट आवासीय माविले ५ पटक जित हासिल गरेका छन । जेसिजकप फुटबलले जिल्लामा फुटबल खेलाडी तथा रेफ्रि उत्पादनमा महत्वपूर्ण टेवा पु¥याउदै आएको म्याग्दी जेसिजले जनाएको छ ।