म्याग्दी । बेनीमा संचालित लिटल गार्डेन एकेडेमीद्वारा आयोजित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा लिटल गार्डेन एकेडेमी प्रथम भएको छ । विद्यालयको १९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा मंगलबार विद्यालयमा आयोजित प्रतियोगितामा १३ वटा विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गरि लिटल गार्डेनले नगद रु ७ हजार ५ सय, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा बेनी सामुदायिक मावि द्वित्तिय र बेनी वोर्डिङ तृतिय भएका छन विजेता विद्यालयले क्रमश ५ हजार र २ हजार ५ सय नगद सहित प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गरेको विद्यालयका प्रीन्सिपल दिपक सुवेदीले जानकारी दिनुभयो । अन्य सहभागी विद्यालय र विद्यार्थीहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
विजयी विद्यार्थीहरुलाई बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकाल, संस्थापक अध्यक्ष बालकृष्ण सुवेदी र प्रीन्सिपल दिपक सुवेदीले पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका शिक्षा अधिकृत ढकालले विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि अतिरिक्त क्रियाकलाप गर्न आवश्यक रहेको बताउनुभयो ।
विद्यार्थीहरुलाई कितावको ज्ञान मात्र नभएर बाहिरी शिक्षा, व्यवहारिक र नैतिक शिक्षाको समेत ज्ञान दिन जरुरी रहेकोले सवै विद्यालयले त्यस्ता खालका गतिविधिहरु संचालन गर्न आवश्यक रहेको शिक्षा अधिकृत ढकालको भनाई थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष सुवेदीले विजेता विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नुहुँदै आगामी दिनमा पनि निरन्तर अतिरिक्त क्रियाकलपहरुमा सहभागी हुन अनुरोध गर्नुभयो ।
कार्यक्रम विद्यालयका प्रीन्सिपल सुवेदीको अध्यक्षता र शिक्षक प्रेम जिसीको संचालनमा सम्पन्न भएको थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप शिक्षक नगेन्द्र गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।