म्याग्दी । बेनी नगरपालिका –९ स्थित गलेश्वरधाम आमा समुहको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाको शुक्रबार गलेश्वरमा प्रमुख अतिथि गण्डकी प्रदेश सदस्य बिमला गौचनले उद्घाटन गर्नु भएको हो ।
साधारणसभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभा सदस्य गौचनले म्याग्दीले विकास र परिवर्तन चाहेकाले त्यसलाई पुरा गर्न आफनो तर्फवाट अधिकतम प्रयास गर्ने वाचा गर्नुभएको छ । राज्यस्तरमा महिलाको पर्याप्त प्रतिनिधित्व नभएको बताउदै प्राप्त हक अधिकारको उपयोग गर्न थप अघिकारका लागि महिलाहरु एकतावद्ध भएर अघि बढनु पर्ने बताउनु भयो । गरीब, निमुखा बालबालिका, दलित महिला र ज्येष्ठ नागरिकहरुका लागि विशेष प्राथमिकता दिएर काम गर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा ससस्त्र प्रहरी गुल्म गलेश्वरका डिएसपी प्रदिप थापाले सभ्य समाजको निर्माणमा गलेश्वरधाम आमा समुहको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘समाजमा हुने बिकृती बिसंगती र दुरव्यसनीलाई कसरी सकरात्मक बाटो तिर लैजान सकिन्छ, ससस्त्र प्रहरी संगठन सधै सहकार्य र हातेमाले गर्न प्रतिबद्ध छौ’ ।
प्रहरी चौकी गलेश्वरका इन्चार्ज बिक्रम तिवारीले आफ्नो क्षेत्रको विकास आफैले गर्नु पर्छ भन्ने यहाँको नमुना आमा समुह भएको बताउनु भयो । उहाँले भन्नु भयो ‘प्रहरीबाट याहाँहरुको अपेक्षा र सोचेको कामहरुको मूल्याङ्कन गर्दै गलेश्वर प्रहरी चौकी सधै सकरात्मक रहने छ’ । लैङगिक हिंसा नियन्त्रण तथा लागु औषध दुरव्यसनी न्युनीकरण गर्नको लागि महिलाको पनी अहम भुमि रहने र समाजमा व्यापक जनचेतना कार्यक्रम गर्नु पर्ने बताउनु भयो ।
समुहकी अध्यक्ष फुलकुमारी रोकाले समाजका महिलाहरु अझै पनि चुलोचौकोमै सिमित रहेको भन्दै हरेक क्षेत्रमा उत्साहजन सहभागीताका लागि महिलाहरुलाई घरायसी कामबाट बाहिर निस्कन सुझाव दिनुभयो । समुहकी सह–सचिव नविना केसीले संस्थाको समृद्धको लागि आफुहरु तनमन लगाएर निरन्तर खटेर काम गरेको स्मरण गर्दै आफ्नो कार्यकालमा संस्थाको विकासकोलागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
गलेश्वरधमा आमा समुले आयजन गरेको आर्थिक वर्ष २०७९ देउसी भैलो कार्यक्रममा सहभागी भई उत्कृष्ट नृत्य प्रस्तुत गर्नुहुने समुहकी ८ जना दिदी बहिनीहरुलाई समुहको तर्फबाट मायाँको चिनो सहित सम्मान गरिएको थियो । त्यस्तै समुहका सकृय सदस्यहरु बन्दना श्रेष्ठ, नौकुमरी पाईजा र कुमारी पुन सम्मानित हुनु भएको थियो ।
समुहकी अध्यक्ष रोकाको अध्यक्षता उपाध्यक्ष बिन्दु कार्कीको स्वागत र सचिव निशा जिसीले सञ्चालन गर्नुभएको कार्यक्रममा समहकी अध्यक्ष रोकाले बार्षिक प्रगती प्रतिवेदन तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष मनु पुनले समुहको ३ लाख ९० हजार ४९ रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।