कालिगण्डकीमा नियमित जलयात्रा सुरु

म्याग्दी । कालीगण्डकी नदिमा नियमित जलयात्रा (¥याफटिङ्ग) सुरु भएको छ । बेनी नगरपालिका –८ कालीपुलमा हालै संचालनमा आएको कालीगण्डकी होटलका सञ्चालक गम बहादुर पुनले जलयात्रा संचालनमा ल्याउनुभएको हो ।

जलयात्राको सुभारम्भमा मंगलबार जिल्लामा क्रियाशिल संचारकर्मीहरु तथा होटलका संचालक पनु संगै अन्य केही व्यक्तिहरुले पनि ¥याफटिङ्ग गर्नुभएको छ ।

परिक्षण स्वरुप जलयात्रा गरिएको होटलका संचालक पुनले बताउनुभयो । कास्कीको नयाँपुलमा रहेको स्पाइसी ¥याफटिङ्ग प्रालिसँगको सहकार्यमा बेनीबाट नियमित सञ्चालन गर्ने गरी जलयात्रा सुरु गरिएको हो ।

म्याग्दी र मुस्ताङका विभिन्न पर्यटकीयस्थलका घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी नियमित सञ्चालन गरिने होटल ब्यवसायी गमबहादुर पुनले बताउनुभयो ।

प्रसिद्ध धार्मिकस्थल गलेश्वरबाट म्याग्दी र कालिगण्डकीको संगम स्थलसम्म छोटो दुरी तथा गलेश्वर–मालढुंगासम्मको दुरीमा म्याग्दी, बागलुङ र पर्वतबाट समेत विदा सहित अन्य समयमा जलयात्राका लागि आर्कषित गर्न सकिने बताउनुभयो ।

स्पाइसी ¥याफटिङ्ग प्रालिका सञ्चालक होम पुनले म्याग्दी खण्डको कालिगण्डकीको गलेश्वरबाट नियमित जलयात्राका लागि सहज हुने बताउनुभयो ।

कालीगण्डकी नदिमा गलेश्वर देखि काली र म्याग्दीको दोभान (खुल्लामञ्च) सम्म जलयात्रा गर्दा निकै आनन्द अनुभूति भएको नेपाल पत्रकार म्याग्दी शाखाका उपाध्यक्ष समेत रहनुभएका पत्रकार हरिकृष्ण गौतमले बताउनुभयो ।

आगामी पुस २८ देखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा हुने सातौ म्याग्दी महोत्सवको प्रमुख आकर्षकमध्य जलयात्रालाई समेत राखिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा महोत्सवका साथै गण्डकी प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलामा अत्याधिक चाप हुने गरी प्रचारप्रसार भइरहेको छ । कालिगण्डकी नदीमा दोहनका कारण धार परिवर्तन भएकाले केही असहज भएको ब्यवसायीको भनाई छ ।

लामो, समथर र कम बहाब भएकाले पनि कालिगण्डकीका जलयात्रा गर्ने गरिन्छ । एक पटक १० जनासम्म चढ्न मिल्छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न बनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटकहरु आर्कषित हुने गरेका छन् ।

 

You can share this post!

पौडेलद्वारा जन्मदिनको अवसरमा कलाकार कल्याणकारी कोषमा सहयोग

न्यू धौलागिरी सहकारीको २३ औँ साधारणसभाः ७३ करोड वढि लगानी

Related posts